राेचक समाचार : पोस्टमार्टम गर्दा जब मृत शरीरबाट चिच्याएको आवाज आयो…
सारांश
- एजेन्सी।
- मृत्यु यस्तो विषयमा जसको विषयमा कुरा गर्न पनि मानिस डराउँछन्।
- तर मृत्यु सबैको हुन्छ।
एजेन्सी। मृत्यु यस्तो विषयमा जसको विषयमा कुरा गर्न पनि मानिस डराउँछन्। तर मृत्यु सबैको हुन्छ। कसैको अचानक मृत्यु हुन्छ। के कारणले मृत्यु हुन्छ भन्ने पनि थाहा हुँदैन। त्यस्तो अवस्थामा मृत्यु भएका व्यक्तिको पोस्टमार्टम गरिन्छ। जसबाट मृत्युको कारण थाहा हुन्छ। तर पोस्टमार्टम गर्न त्यति सजिलो भने हुँदैन। अझ डाक्टरका अगाडि राखिएको मृत शरीर केही बोलिरहेको छ भने त झन कस्तो होला?
पोस्टमार्टमका बारेमा थाहा पाउँदा आम मानिसलाई धेरै डर लाग्न सक्छ। तर पोस्टमार्टम गर्नु डाक्टरकालागि आम विषय हो। किनभने अध्ययनका क्रममा नै डाक्टरलाई मृत शरीरसँग तालिम दिइन्छ। यही कारण उनीहरुलाई पोस्टमार्टम गर्दा डर लाग्दैन। तर पोस्टमार्टम गर्दा कहिले काँही यस्तो घटना पनि हुन्छ, जुन देखेर पेशेवर डाक्टर पनि डराउँछन्।
जब मानिसको मृत्यु हुन्छ, तब मृत शरीरमा केही परिवर्तन हुन थाल्छ। जसका कारण पोस्टमार्टमका क्रममा मृत शरीरबाट विभिन्न प्रकारका आवाज निस्किन्छ। कहिले काँही त मृत शरीरबाट यस्तो आवाज पनि निस्किन्छ की उ केही बोल्न चाहिरहेको छ। यस्ता आवाज धेरै प्रकारका हुन्छन्। जस्तै चिच्याउनु, कराउनु। यस्तो मृत शरीर भित्र जम्मा भएको ग्यासका कारण हुन्छ।
कयौं पटक त मृत शरीरबाट निस्किने यस्ता आवाजले डाक्टरलाई पनि विचलित बनाउँछ। आम मानिसकालागि त यो कुनै खतरनाक सपना भन्दा कम हुँदैन। तर मृत शरीरबाट आउने यस प्रकारको आवाज पछाडि सबै वैज्ञानिक कारण छन्। विज्ञानको नजरमा यो घटना निकै सामान्य हो। र, पोस्टमार्टम गर्ने डाक्टर यस्ता घटनासँग परिचित हुन्छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया