नेपालकाे ब्याटिङ प्रशिक्षकका रुपमा भारतिय पूर्व खेलाडी देसाई !
सारांश
- काठमाडाैँ, २४ साउन ।
- अासन्न एसिया कप छनाैट खेलका लागि नेपालकाे ब्याटिङ प्रशिक्षकका रुपमा भारतिय पूर्व खलाडी अपुर्व देसाई अाउने पक्का भएकाे छ ।
- अगस्त २७ देखि मलेसियामा हुने एसिया कप छनाैट प्रतियाेगिताका लागि नेपालकाे ब्याटिङ सुधार्न भारतबाट अस्थायी ब्याटिङ काेच मगाइएकाे हाे ।
काठमाडाैँ, २४ साउन ।अासन्न एसिया कप छनाैट खेलका लागि नेपालकाे ब्याटिङ प्रशिक्षकका रुपमा भारतिय पूर्व खलाडी अपुर्व देसाई अाउने पक्का भएकाे छ । अगस्त २७ देखि मलेसियामा हुने एसिया कप छनाैट प्रतियाेगिताका लागि नेपालकाे ब्याटिङ सुधार्न भारतबाट अस्थायी ब्याटिङ काेच मगाइएकाे हाे ।

देसाई भारतिय क्रिकेट बाेर्ड (बिसिसिअाई)काे मान्यता प्राप्त नेशनल एकेडेमी (एनसिए) बाट सी लेभलकाे मान्यता प्राप्त प्रशिक्षक हुन् । अाइसीसीलाई गरिएकाे अनुराेध अनुरुप देसाई नेपाल अाउने भएका हुन् । उनी अाइपीएलका टिम लगाएत विभिन्न अन्तर्राष्ट्रिय एकेडेमीसँग अावद्ध रहेका छन् ।

याे प्रतियाेगिता नेपालका लागि निकै महत्वपूर्ण रहेकाे छ । प्रतियाेगिताकाे विजेताले मात्र एसिया कप खेल्ने अवसर पाउने हुँदा सबै टाेलि जितलाई अात्मसाथ गर्न चाहन्छन् । छनाैट खेलकाे विजेताले एसिया कपकाे समूह चरणकाे खेलमै भारत र पाकिस्तानसँग खेल्ने अवसर प्राप्त गर्नेछ ।

राउन्ड राेविन पद्धतिमा खेलाइने प्रतियाेगिताका मुख्य दावेदार टाेलिका रुपमा युएइ, हङ्कङ्, अाेमान र नेपाललाई हेरिएकाे छ । यि बाहेक मलेसिया र सिंगापुरले पनि प्रतियाेगितामा सहभागी जनाउने छन् । एसियाकाे सबैभन्दा प्रतिस्ठित क्रिकेट प्रतियाेगिता एसिया कप खेल्न सबै शिर्ष ६ असाेसिएट टाेलि लालाहित देखिन्छन् । टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानीस्तान सहित छनाैट प्रतियाेगिताकाे विजेता टाेलिले एसिया कप खेल्नेछन् ।
यसै क्रममा नेपालले युएइसँग अाफ्नाे तेस्राे एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेल्नेछ । गएकाे अगस्त १ र ३ मा नेपालले नेदरल्याण्डसँग दुई खेलकाे अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खला खेलेकाे थियाे । जुन शृङ्खला १-१काे बराबरीमा राेकिएकाे थियाे ।
प्रतिक्रिया