प्रदेश सरकारले दिएको बिदा प्रमुख जिल्ला अधिकारीहरूले कार्यान्वयन गरेनन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
५८ पटक हेरिएको
Shares
प्रदेश सरकारले दिएको बिदा प्रमुख जिल्ला अधिकारीहरूले कार्यान्वयन गरेनन्

सारांश

  • बिराटनगर साउन,२४ ।
  • प्रदेश नम्बर १ सरकारले  बिहीबार २४ गते  विश्व आदिवासी जनजाति दिवसमा दिएको बिदा त्यहाँका प्रमुख जिल्ला अधिकारीहरूले कार्यान्वयन गरेनन।
  • प्रदेशका १४ वटै जिल्लाका सिडिओहरूले प्रादेशिक सरकारले दिएको बिदामा पनि कार्यालय खोलेका छन।

बिराटनगर साउन,२४ । प्रदेश नम्बर १ सरकारले  बिहीबार २४ गते  विश्व आदिवासी जनजाति दिवसमा दिएको बिदा त्यहाँका प्रमुख जिल्ला अधिकारीहरूले कार्यान्वयन गरेनन।प्रदेशका १४ वटै जिल्लाका सिडिओहरूले प्रादेशिक सरकारले दिएको बिदामा पनि कार्यालय खोलेका छन।

आज प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रादेशिक सरकारले दिएको बिदा उल्लंघन गरेकोमा सिडिओहरू माथि कडा आक्रोश पोखेका छन।मन्त्रि कार्कीले भने  संवैधानिक तथा कानुनी हैसियत प्राप्त प्रादेशिक सरकारले दिएको बिदाको उल्लंघन भएको छ,उहाँ हरुले यो प्रदेशमा बसेर केन्द्रको निर्णय मान्छु, यहाँको निर्णय मान्दिनँ भन्नु र गर्नु मा प्रदेश सरकारको  आपत्ति छ,’सिडिओहरूको निर्णयसँगै प्रदेश सरकारको संवैधानिक कानुनी अधिकारमा गम्भीर असर पर्ने कुरा उनले बताए।

‘प्रशासनिक काम गर्ने सिडिओहरूले नै प्रदेश सरकारको निर्णय मानेनन् भने अब के गर्ने?

केन्द्रको मातहत रहेको र संघीय सरकारले बिदाको स्वीकृति नदिएकाले कार्यालय खोलेको सिडिओहरूले जनाएका छन्। प्रदेश सरकारको निर्णय उल्लंघन नगरेको दाबी गर्दै उनीहरूले त्यसलाई ‘बाध्यात्मक’ भनेका छन्।

सिडियोहरुले भने आफुहरु बिदा नबसेको कुराको बचाउ गरेका छन्। बुधबार रातिसम्म केन्द्रबाट निर्णय नआएको, बिहीबार बिहान कार्यालय खोल्न सचिवले निर्देशन दिएकाले कार्यालय खोलेको सिडिओहरूको भनाइ छ। मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले केन्द्रीय सरकारकै निर्देशनमा कार्यालय खोलेको बताए।हामी केन्द्र सरकारको मातहत छौं, उसले निर्देशन नदिएकाले बिदा बसेनौं,’

सिडिओ कार्यालयका साथसाथै अदालत र को.ले.नि.का. पनि खुलेका छन्। स्थानीय सरकार मातहत रहेका अरु कार्यालय भने खुलेनन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सराङकोटपछि प्याराग्याइडिङका लागि उपयुक्त स्थान बागलुङ
सराङकोटपछि प्याराग्याइडिङका लागि उपयुक्त स्थान बागलुङ
संविधान संशाेधन गरेर दुईवटा प्रधानमन्त्री राख्नुसः काङ्ग्रेस सांसद भरतकुमार शाह !
संविधान संशाेधन गरेर दुईवटा प्रधानमन्त्री राख्नुसः काङ्ग्रेस सांसद भरतकुमार शाह !
सङ्क्रमण फैलन नदिन भारतमा अधिकांश प्रवेशाज्ञामा रोक
सङ्क्रमण फैलन नदिन भारतमा अधिकांश प्रवेशाज्ञामा रोक
नयाँ उद्योगमा रु एक अर्ब बढी लगानीको प्रस्ताव
नयाँ उद्योगमा रु एक अर्ब बढी लगानीको प्रस्ताव
प्रधानमन्त्रीबाट जनताको लगानीमा आवेदन शुभारम्भ
प्रधानमन्त्रीबाट जनताको लगानीमा आवेदन शुभारम्भ
नेपाल बंगलादेश बैंकको साढे १० प्रतिशत नगद लाभांश
नेपाल बंगलादेश बैंकको साढे १० प्रतिशत नगद लाभांश
हेर्नुहोस कुन नेताले के भन्छन , कहाँ राख्‍ने प्रदेश ५ को  राजधानी ? कमेन्ट बक्समा आफ्नो बिचार राख्नु होला ।
हेर्नुहोस कुन नेताले के भन्छन , कहाँ राख्‍ने प्रदेश ५ को राजधानी ? कमेन्ट बक्समा आफ्नो बिचार राख्नु होला ।
पर्यटन विकासका लागि एकीकृत तथ्याङ्क प्रणाली विकास गरिनुपर्ने
पर्यटन विकासका लागि एकीकृत तथ्याङ्क प्रणाली विकास गरिनुपर्ने
रवि लामिछानेले लिए दल दर्ताको प्रमाणपत्र
रवि लामिछानेले लिए दल दर्ताको प्रमाणपत्र
माओवादी आफ्नै तागतमा पहिलो शक्ति बन्ने प्रचण्डको दावी
माओवादी आफ्नै तागतमा पहिलो शक्ति बन्ने प्रचण्डको दावी