अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ खस्कियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ खस्कियो

सारांश

  • मुम्बई, २९ साउन ।
  • टर्कीको वित्तीय सङ्कटको प्रभाव स्वरुप लगानीकर्ताहरुमा देखिएको त्रासका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको छ ।
  • मङ्गलबार बजार खुल्दा एक अमेरिकी डलर भारु ७० मा किनबेच भएको छ ।

मुम्बई, २९ साउन । टर्कीको वित्तीय सङ्कटको प्रभाव स्वरुप लगानीकर्ताहरुमा देखिएको त्रासका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको छ । मङ्गलबार बजार खुल्दा एक अमेरिकी डलर भारु ७० मा किनबेच भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

पहिल्यैदेखि दबाबमा कारोबार भइरहेको भारतीय मुद्राको स्थिति मङ्गलबार बिहानदेखि नै खस्केको थियो । टर्कीको मुद्रा लीराको मूल्यमा भारी गिरावट आएसँगै उदीयमान अर्थतन्त्र भएका मुलुकहरुमा त्यसको नकारात्मक प्रभाव देखिएको छ ।गत हप्तादेखि नै टर्कीको झैं दक्षिण अफ्रिका, अर्जेन्टीना, मेक्सिको, ब्राजिल र रसियाको मुद्रा कमजोर हुँदै गएको छ । यी मुलुकहरु बिदेशी पूँजी, खासगरी डलरमा, ज्यादै निर्भर रहेका छन् ।

भारतीय रुपैंयाको परिवत्र्य दर अमेरिकी डलरको तुलनामा सन् २०१८ मा कमजोर हुँदै गएको थियो । सन् २०१८ को प्रारम्भमा अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको परिवत्र्य दर ६३।६७ रुपैयाँ थियो ।भारतको सबैभन्दा ठूलो आयात नै खनिज तेल हो । भारतले कूल आवश्यकताको दुई तिहाई तेल आयात गर्दछ । विश्लेषकहरुका अनुसार, कच्चा इन्धनको मूल्यमा हुने वृद्धिले भारतीय मुद्राको अवमूल्यन हुने गर्दछ र लगानीकर्ताका लागि भारतीय रुपैयाँ त्यति आकर्षक रहँदैन ।रुपैयाँमा आएको गिरावटले भारतको चालू खाताको घाटालाई थप वृद्धि गर्नेछ, उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?