चलचित्र ‘बाँध मायाले’ काे पहिलाे गीत सार्वजनिक !
सारांश
- काठमाडौँ, ३० साउन ।
- नेपाली चलचित्र ‘बाँध मायाले’ को बाँध मायाले बोलको पहिलो गीत सार्वजनिक भएको छ ।
- गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन् भने शब्द तथा संगीत अर्जुन पोखरेलको रहेको छ ।
काठमाडौँ, ३० साउन । नेपाली चलचित्र ‘बाँध मायाले’ को बाँध मायाले बोलको पहिलो गीत सार्वजनिक भएको छ । गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन् भने शब्द तथा संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार आर्यन अधिकारी र सृष्टि श्रेष्ठ देखिएका छन् ।
प्रेम कथामा आधारीत चलचित्र ‘बाँध मायाले’मा आर्यन र सृष्टि सँगै विशाल चामलिङ, रविन्द्र प्रताप र राजाराम पौडेलको भूमिका रहेको छ । फिल्मको निर्देशन शविर श्रेष्ठले गरेका हुन् भने निर्माता राम हरी धिताल र बिविशिका श्रेष्ठ हुन् ।
चलचित्र असोज ५ मा रिलिज हुनेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया