काभ्रेका क्यान्सरपिडित माेक्तानलाइ क्यालिफाेर्नियाबाट दुइलाख तिस हजार सहयाेग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
२२ पटक हेरिएको
Shares
काभ्रेका  क्यान्सरपिडित माेक्तानलाइ क्यालिफाेर्नियाबाट दुइलाख तिस हजार सहयाेग

सारांश

  • काठमाडाै, ३१ साउन ।
  • कलेजो क्यान्सरले  ग्रसित काभ्रेका कर्ण बहादुर माेक्तानकाे सहयाेगार्थ रकम बिहिबार हस्तान्तरण गरीएकाे छ ।
  • माेक्तानकाे उपचारका लागी तामाङ काे-अपरेसन साेसाइटी अफ क्यालिफाेर्निया यु यस ए ले  २ लाख ३० हजार ९ सय ५९ रूपैया बिगत तिन बर्षदेखि नेपालमा सामाजिक कार्य गर्दै अाएकाे SHE Nepal का अध्यक्ष स्मिता लामा मार्फत उक्त रकम हस्तानतरण गरिएकाे हाे ।

काठमाडाै, ३१ साउन । कलेजो क्यान्सरले  ग्रसित काभ्रेका कर्ण बहादुर माेक्तानकाे सहयाेगार्थ रकम बिहिबार हस्तान्तरण गरीएकाे छ । माेक्तानकाे उपचारका लागी तामाङ काे-अपरेसन साेसाइटी अफ क्यालिफाेर्निया यु यस ए ले  २ लाख ३० हजार ९ सय ५९ रूपैया बिगत तिन बर्षदेखि नेपालमा सामाजिक कार्य गर्दै अाएकाे SHE Nepal का अध्यक्ष स्मिता लामा मार्फत उक्त रकम हस्तानतरण गरिएकाे हाे । लामाले बिहिबार उक्त रकम माेक्तानकाे श्रीमतीलार्इ हस्तान्तरण गरेकी हुन् ।

काभ्रे डाँडा गाउँ निवासि  माेक्तान काे तिन महिना अगाडि कलेजाेमा क्यान्सर भएकाे पत्ता लागेकाे थियाे । उपचारमा करिव ४० लाख लाग्ने चिकित्सकहरूले बताएकाे  SHE Nepal का अध्यक्ष स्मिता लामाले बतार्इन् ।बिहिबार हस्तान्तरण गरेकाे उक्त रकम  तामाङ को-अपरेसन सोसाइटी अफ क्यालिफोर्निया यू.यस.ए. का अध्यक्ष कुमार दोङ र सद्स्य दावा तामाङको पहलमा जम्मा भएको  पनि लामाले बतार्इन् । 

साेसाइटीले अाफुले गरेकाे सहयोगले कर्ण मोक्तानको उपचारमा सहयोग पुग्ने आसा गर्दै स्वास्थ्य लाभ र दिर्घायुको कामना पनि गरेकाे छ। 

मोक्तानको हाल बानेश्वरमा रहेकाे सिभिल हस्पिटलमा उपचार भइरहेकाे छ।

(experience.afrotech.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?