गल्ती नगर्नेहरु संहितादेखि डराउनु पर्दैन : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले समाजका विकसित, स्थापित मान्यतालाई व्यवस्थित गर्न बनाइएको मुलुकी देवानी र मुलुकी अपराध संहिताबाट गल्ती नगर्नेहरु डराउनु नपर्ने बताउनुभएको छ ।
- प्रधानमन्त्री ओलीले कतिपयले यो संहिता वर्तमान सरकारले बनाएर अहिले जारी गरेको जस्तो प्रचार गर्नु आश्चर्यपूर्ण भएको बताउनुभयो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजका विकसित, स्थापित मान्यतालाई व्यवस्थित गर्न बनाइएको मुलुकी देवानी र मुलुकी अपराध संहिताबाट गल्ती नगर्नेहरु डराउनु नपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले कतिपयले यो संहिता वर्तमान सरकारले बनाएर अहिले जारी गरेको जस्तो प्रचार गर्नु आश्चर्यपूर्ण भएको बताउनुभयो । “संहिता निर्माणका क्रममा छलफलमा बसेकै साथीहरु अहिले विरोधमा उत्रिएको देख्छु” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसबाट त्रसित हुनुपर्ने केही छैन । यसले समाजलाई मर्यादित बनाउन खाजेको छ । गल्ती नगर्नेहरुले डराउनु पर्दैन ।”
कानुन मन्त्रालयले आयोजना गरेको मुलुकी देवानी संहिता तथा मुलुकी अपराध संहिता लगायतका कानुन लागु हुने दिनको अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालका केही मान्यता बदलिएकाले त्यसै बेलादेखि मुलुकी ऐनलाई संसोधन गर्ने काम सुरु भएको बताउनुभयो ।
“अहिले जारी भएको संहिता नयाँ मुलुकी ऐन जस्तै हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसलाई रुपान्तरित व्यवस्थापिका संसदले पारित गरेर २०७४ असोजमा लालमोहर लगाइएको हो ।”
प्रधानमन्त्री ओलीले संहितामा कमिकमजोरी केही भएमा संसोधन गर्न सकिने बताउनुभएको छ । “यस संहितालाई कार्यान्वयन गर्न सरकार दृढ छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसका लागि सरकारका सबै निकाय क्रियाशिल छन् ।” यस कानुनको परिपालानाका लागि अझ व्यापक प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गर्नुभएको छ ।
Bhim Rawal
हैन यी कर प्रसाद वलीले ग्रनचाही खोजेको के ?