बिधुत समस्याबाट गाईघाट बासी रुष्ट,कर्मचारी फोन होल्डमा राखेर मस्त

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २, २०७५
|
|
२६ पटक हेरिएको
Shares
बिधुत समस्याबाट गाईघाट बासी रुष्ट,कर्मचारी फोन होल्डमा राखेर मस्त

सारांश

  • उदयपुर, २ भदौ ।
  • उदयपुरको त्रियुगा नगरपालिका को सदरमुकाम गाईघाट र आसपासका ठाउँहरुमा १,२ महिना अगाडिदेखि विधुत् को समस्या बाट सदरमुकामबासीहरु रुष्ट भएका छन् ।
  • गाईघाट बजारमा जब साँझ पर्छ १०-१० मिनेटमा बिजुली आउने र जाने समस्याले गर्दा  गाईघाट बासी वाक्क भईसकेका छन् झन् आज त् बिहान देखि बजारमा लाईन गएपछी चै बिधुत कार्यालय सग निकै रुष्ट बनेका छन,पटक पटक यो समस्या आउदा पनि स्थानिय सरकार ,प्रहरी ,प्रशासन सबै मौन बस्ने गरेको स्थानियहरु बताउछन ।

उदयपुर, २ भदौ । उदयपुरको त्रियुगा नगरपालिका को सदरमुकाम गाईघाट र आसपासका ठाउँहरुमा १,२ महिना अगाडिदेखि विधुत् को समस्या बाट सदरमुकामबासीहरु रुष्ट भएका छन् ।गाईघाट बजारमा जब साँझ पर्छ १०-१० मिनेटमा बिजुली आउने र जाने समस्याले गर्दा  गाईघाट बासी वाक्क भईसकेका छन् झन् आज त् बिहान देखि बजारमा लाईन गएपछी चै बिधुत कार्यालय सग निकै रुष्ट बनेका छन,पटक पटक यो समस्या आउदा पनि स्थानिय सरकार ,प्रहरी ,प्रशासन सबै मौन बस्ने गरेको स्थानियहरु बताउछन ।

लोडसेडिङमुक्त नेपाल भनी कुलमान घिसिङको चौतर्फी तारिफ भइरहेको छ । देशलाई लोडसेडिङमुक्त बनाउन सफल भएपनि ग्राहक वितरण केन्द्र गाईघाट उदयपुर मा रहेको कर्मचारी हरुको कामप्रति को ध्यान र काममा पनि ढिलासुस्ती हुने गरेको पाईन्छ। यसले गर्दा सेवाग्राहीहरुले सास्ती ब्यहोर्न वाध्य छन् । देशकै ठूलो उदयपुर सिमेन्ट उद्योगको पनि ठूलो मेसीन सर्ट भएर बिग्रिएको र नयाँ फेर्नु परेको उदयपुर सिमेण्ट उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले बताएका छन्  ।

             नेपाल विधुत प्राधिकरण शाखा गाईघाटका प्रमुख राम अरोध्या यादवले यो समस्या सिरहा लहानको प्रसारण केन्द्रबाट नै देखिएको बताएका थिय? तर सबै कारण बुजेर हेर्दा यो समस्या लहान बाट नभई गाईघाट वितरण केन्द्र को जताभाबी तरीकाले बिधुत वितरण गर्दा एस्तो समस्या आयको कारण पत्ता लागेको छ,? ट्रान्सफरहरुको आफ्नो क्षमता भन्दा बढी काे ३फेज काे बितरण, कारण ट्रान्सफर हरुको पावर भन्दा बढी लाईन जोडीदिय बापत आउने कमिसन,गाईघाट को बी.पी .चोक मा रहेको ट्रान्सफर दिन मा १ पटक सर्ट हुने गरेको छ,कारण त्यो ट्रान्सफरम को क्षमता भन्दा बढी काे ३फेज लाईन त्यो टोलमा दीएको पाईन्छ ,त्यो ट्रान्सफरम बाट मात्रै करिब ८ ओटा बैंक लगायतका बढी बिधुत खपत हुने कार्यालय र घर हरु लाई आर्थिक प्र्भोलन मा परी ट्रान्सफर हरुको पावर भन्दा बढी लाईन जडान गर्दा गाईघाट बासीहरु यो बाध्यता खेपन बाध्य छन

गर्मीको समयमा बिजुली जादा बालबच्चा देखि वृद्ब हरुलाई समेत समस्या मा परेका छन,यसरी जताभाबी तरिकाले बिधुत दिदाँ आज यो समस्या आयको स्थानिय दिपक राउत ले बताए 

यो समस्या प्रति स्थानिय सरकार मौन छ,त्रि.न.पा.११ का वार्ड अध्यक्ष बिस्वराज भट्टराई ले यो कुरा भर्खरै मात्र आफु ले थाहा पायको ले अब आफु भोलि नै बिधुत प्राधिकरण गयर सबै कुरा बुजेर समस्या को हल गर्ने बताएका छन् 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?