दाउद इब्राहिमका दाहिने हात पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
दाउद इब्राहिमका दाहिने हात पक्राउ

सारांश

  • अन्डरवर्ल्ड डनको रुपमा परिचित दाउद इब्राहिमका दाहिने हात मानिने जमिर मोतीलाई लण्डनमा पक्राउ गरिएको छ ।
  • लण्डन पुलिसले मोतीलाई शुक्रबार हिल्टन होटलबाट पक्राउ गरेर अदालतसामू पेश गरेको छ ।
  • बेलायत, संयुक्त अरब इमिरेट्सलगायतका अन्य देशमा दाउदको डी कम्पनीको कारोबार हेर्ने जबिरलाई पक्राउ गर्न भारतले लण्डनलाई अपिलसमेत गरेको थियो ।

अन्डरवर्ल्ड डनको रुपमा परिचित दाउद इब्राहिमका दाहिने हात मानिने जमिर मोतीलाई लण्डनमा पक्राउ गरिएको छ । लण्डन पुलिसले मोतीलाई शुक्रबार हिल्टन होटलबाट पक्राउ गरेर अदालतसामू पेश गरेको छ ।

बेलायत, संयुक्त अरब इमिरेट्सलगायतका अन्य देशमा दाउदको डी कम्पनीको कारोबार हेर्ने जबिरलाई पक्राउ गर्न भारतले लण्डनलाई अपिलसमेत गरेको थियो । जबिरमाथि लागुऔषध तस्करी, फिरौती र अन्य आपराधिक घटनामा संलग्न भएको आरोप छ ।

चारिंग क्रस पुलिसले जबिरको पाकिस्तानी पासपोर्ट जफत गरेको छ । यसमा कराँची ठेगाना लेखिएको छ । जबिरसँग ब्रिटनेको १० वर्षको भिसा थियो । उनी एन्टीगुआको नागरिकता लिने तयारीमा भएको बताइएको छ ।  ( एजेन्सि)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?