सरकारले ६ महिनामा एक लाख पशुलाई कृत्रिम गर्भाधान गराएछ : विश्वप्रकाश शर्मा

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, ४ भदाै ।
  • प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार ६ महिनामा पास मात्र भएको बताएको छ ।
  • जस्ट पास भएर सम्बृद्धिको सपना पुरा नहुने भन्दै उसले कमजोरी सच्याउन सरकारलाई आग्रह गरेको छ ।

काठमाडाै, ४ भदाै । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार ६ महिनामा पास मात्र भएको बताएको छ । जस्ट पास भएर सम्बृद्धिको सपना पुरा नहुने भन्दै उसले कमजोरी सच्याउन सरकारलाई आग्रह गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालेसरकार प्रभावकारी हुन नसकेको बताए । सरकारको काम र कांग्रेसको आन्तरिक कमजोरीका बारेमा ऋषि धमलाले प्रवक्ता शर्मासँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

केपी ओली नेतृत्वको सरकार जस्ट पास मात्रै भएको भन्नुभएछ । यसको आधार के छ ?
हामीले सात सय पूर्णाङ्क बनाएर हिसाब गर्दा मूलभूत विषयवस्तुमा पास मात्रै हुने अंक दिन सकिन्छ । राम्रो र उत्कृष्ट अंक पाउनेगरी काम गरेको पाइएन । ६ महिनामा राष्ट्रियतादेखि न्यायालयसम्मको विषयमा सरकार पूर्ण सफल भएको छैन ।

नेपाली कांग्रेसले मूल्याङ्कन गरेको ७ वटा विषयहरु केके हुन् ?
सातवटा फरक फरक विषयहरु राष्ट्रियता, लोकतन्त्र, संघीयता, सुशासन, मूल्यवृद्धि, समृद्धियात्रा र न्यायालय हुन् । यि सातवटा विषयहरुमध्ये कुनै पनि विषयमा सरकारले राम्रो अंक ल्याएको देखिदैन ।

राष्ट्रियताको सवालमा त सरकार सफल भएको मानिन्छ नि, होइन र ?
कुनै एउटा कोणबाट मात्रै विश्लेषण गर्दा कसैले सफल भयो भन्न सक्ला । तर हाम्रो बुझाई के रह्यो भन्दा चुनावअघि राष्ट्रवादको मसिहा नै जस्तो देखिनुभयो । उग्र राष्ट्रवादको लहरै ल्याउनुभयो । तर सरकार गठन भएको केही महिना पुग्दा नपुग्दै राष्ट्रवादको रङ खुइलिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले जे रवैया र शैली देखाउनुभयो, त्यसले राष्ट्रियताको सवालमा सरकार गम्भीर ढंगले चुकेको देखिन्छ ।

छिमेकी देशहरु भारत र चीनसँग राम्रो सम्बन्ध बनाउनु राम्रो होइन र ?
सम्बन्ध राम्रो बनाउने कुरालाई सम्मान र स्वागत गर्नुपर्छ । तर सम्बन्ध सुधारका नाममा शीर झुकाउने काम गर्नु हुँदैन ।

सरकारले विकास र समृद्धिको नारा लिएर काम गर्न खोजिरहेको छ । तर तपाईहरु किन विरोध मात्रै गर्नुहुन्छ ?
समृद्धिको कुरामा त कांग्रेसले विरोध गरेकै छैन नि । दुई तिहाई बहुमतप्राप्त सरकारले नविन ढंगले विकास र समृद्धिको काम गर्ने हो भने कसैले पनि विरोध गर्दैन । हाम्रो आग्रह पनि प्रधानमन्त्री केपी ओलीको नतृत्वमा देश समृद्धिको बाटोमा जाओस् भन्ने नै हो ।

अहिलेको सरकारले विकासको काम गर्न सकेन भन्ने कांग्रेसको निष्कर्ष हो ?
सरकारले आफूले राम्रो काम गरेको छु भनेर दाबी गर्नु स्वभाविक हो । तर हामीले सरकारका बारेमा गरेको विश्लेषण गलत छैन । सरकारले ६ महिनामा एक लाखभन्दा बढि पशुलाई कृत्रिम गर्भाधान गराएकोसमेत उल्लेख गरेको छ । यो भनेको त जुनसुकै सरकार हुँदा पनि भइरहने काम हो नि । यो सरकार गठन भएपछि भएको नयाँ काम चाँही के त ? दुई तिहाई बहुमतको सरकार नभएको भए वा केपी ओली प्रधानमन्त्री नभएर अरु कोही भएको भए यो काम हुँदैनथ्यो होला र ? त्यसैले यस्ता कामलाई आफूले नै गरेको भनेर प्रचार गर्ने हो भने त कामको विवरण त जति पनि हुन सक्छ नि ।

संघीयता कार्यान्वयनमा त सरकार सफल भएको छ नि, होइन र ?
सातवटा प्रदेशमध्ये २ वटाको मात्रै नामाकरण भएको छ । प्रदेशका मुख्यमन्त्रीहरु नियम कानुन नभएकाले काम गर्न पाइएन भनिरहेका छन् । हामीले आसन पायौँ तर शासन पाएनौँ भनेर गुनासो गरिरहेका छन् । बजेट पाइएन भनिरहेका छन् । अनि संघीयता सफल बनाउन सरकारले के गर्यो त ? शेरबहादुर देउवाले सरकार छाडेपछि संघीयताको सवालमा भयो चाँही के त ? सरकार त संघीयता चाहिँदैन भन्ने दिशातर्फ अग्रसर भएको देखिन्छ । संघीयता असफल बनाउने अभियानमा सरकार लागेको देखिन्छ ।

नेपाली कांग्रेसका विभिन्न विभागहरु किन गठन हुन सकेनन् ?
यो विषयमा कांग्रेसभित्र आन्तरिक रुपमा छलफल गर्नुपर्ने छ । कांग्रेसभित्र जेजे काममा ढिलाई भएको छ, त्यो सबै जतिसक्दो छिटो गर्नुपर्ने कुरामा दुईमत छैन । कमजोरीलाई सुधार गर्नका लागि सभापतिदेखि जिम्मेवार नेताहरु गम्भीर बन्नुपर्छ ।

संघीयताअनुसार कांग्रेसको संरचना निर्माण कहिले हुन्छ ?
अब हामी महाधिवेशनअघि नै प्रदेश अधिवेशन गछौँ । प्रदेशभन्दा अघि जिल्ला, गाउँ, नगर सबै निकायको अधिवेशन गरेर जान्छौँ ।

महासमितिको बैठक कहिले बस्छ ?
पूर्व निर्धारित कार्यक्रमअनुसार भदौमा बस्नुपर्ने हो । तर विधान मस्यौदा समिति बनाउँदा भएको ढिलाईको कारणले केही समय धकेलिन सक्छ । मिति नै भन्न सकिने अवस्था चाँही छैन ।

(रिपाेर्टर्श नेपाल बाट)

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Dambar Khadka

    Jhapa ko mulbasi vayera Ram karki sanga harne B.parkash ji chup lagera basnu hola ,Aru ४.५sal baki xa sarkar lai kam garna dinu hola .

    Comment Author

    Dibakar Jung Basant

    ta kukur navuka

    Comment Author

    Basyal Ramu

    येस्ता हिजडा बोलेको किन पोस्ट गर्छौ ?????

    Comment Author

    Rabi Bastola

    Ajenda bihin manxe haru

    Comment Author

    Netra Ghimire

    राम्रो तेति र गरेछ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?