प्रदेश न ३ मुख्यमन्त्रीको दैनिक तालिका सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रदेश न ३ मुख्यमन्त्रीको दैनिक तालिका सार्वजनिक

सारांश

  • हेटौडा, ५  भदाै ।
  • प्रदेश न ३ मुख्यमन्त्रीको सचिवालयले मुख्यमन्त्री डोरमणि पौडेलको साधारण र नियमित अवस्थामा हुने कार्यतालिका सार्वजिनक गरेको छ।
  • बिहान ८ बजे देखि ९:३० सम्म पार्टीका नेता तथा कार्यकर्तासंग निवासमा भेटघाट समय राखिएको छ भने आइतबार देखि शुक्रबारसम्म ११:३० देखि १:०० बजे सम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ,दिउसो १:०० बजे देखि २:०० बजेसम्म सोमबार,मंगलबार र बुधबार माननीय सभासदहरुसंग भेटघाटको समय रहेको छ।

हेटौडा, ५  भदाै । प्रदेश न ३ मुख्यमन्त्रीको सचिवालयले मुख्यमन्त्री डोरमणि पौडेलको साधारण र नियमित अवस्थामा हुने कार्यतालिका सार्वजिनक गरेको छ। बिहान ८ बजे देखि ९:३० सम्म पार्टीका नेता तथा कार्यकर्तासंग निवासमा भेटघाट समय राखिएको छ भने आइतबार देखि शुक्रबारसम्म ११:३० देखि १:०० बजे सम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ,दिउसो १:०० बजे देखि २:०० बजेसम्म सोमबार,मंगलबार र बुधबार माननीय सभासदहरुसंग भेटघाटको समय रहेको छ।

दिउसो २:३० देखि ४:३० सम्म बिभिन्न समस्या लिएर आउने व्यक्ति ,संस्था र बिभिन्न निकायबाट आउने पदाधिकारीहरुसंग भेटघाट तथा छलफल आइतबार देखि बुधबार सम्म रहेको छ । भने दिउसो ५:३० देखि ७:३० सम्म राजनैतिक व्यक्ति तथा पदाधिकारीसंग भेटघाटआइतबार ,सोमबार र बिहिबार रहेको छ। अहिलेको समयमा प्राय मानिसहरुको व्यस्त दैनिकीमा कसैलाई भेटघाटको लागि असहज नहोस र समय तालिका बनाउदा सबैजनालाई भेटघाटको लागि सहजहोस् भनेर तालिका बनाइएको निजि सचिवालयले जनाएको छ ।

साथै भेटघाटको लागि आउदा निजि सचिब वा सचिवालय मार्फत अग्रिम समय लिएर आउनुहुन पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?