प्रधानमन्त्री बनेपछि ओली दोस्रोपटक झापामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • भद्रपुर, ६ भदौ ।
  • प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि दोस्रोपटक गृहजिल्ला झापा पुगेका छन् ।
  • कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताए ।

भद्रपुर, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि दोस्रोपटक गृहजिल्ला झापा पुगेका छन् ।

कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताए । प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७ मा ५० शैयाको आयुर्वेद चिकित्सालय भवनको शिलान्यास पनि गर्ने बताइएको छ ।

उनले आजै गौरादहमा क्षेत्र नं ५ को क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तथा अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् । प्रधानमन्त्री ओली आजै अपरान्ह काठमाडौँ फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?