९ जनाको ज्यान लिएकाे त्यो प्राणघातक पिकनिक !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
९ जनाको ज्यान लिएकाे त्यो प्राणघातक पिकनिक !

सारांश

  • छुट्टिको दिन, साँझको समय ।
  • भारतको शिवपुरीको सुल्तानगढको एक झरनामा सयौँ मानिस रमाइलो विदा मनाइरहेका थिए ।
  • यो कुरासँग पुरै बेखबर भएर कि मृत्यु उनीहरुको नजिकै कतै सुसाइरहेको छ, पानीको ठूलो छालका रुपमा ।

छुट्टिको दिन, साँझको समय । भारतको शिवपुरीको सुल्तानगढको एक झरनामा सयौँ मानिस रमाइलो विदा मनाइरहेका थिए । यो कुरासँग पुरै बेखबर भएर कि मृत्यु उनीहरुको नजिकै कतै सुसाइरहेको छ, पानीको ठूलो छालका रुपमा । शिवपुरी त्यो पहाडी इलाका हो जहाँ पार्वती नदी बहन्छ, र आफ्नो मुड अनुसार उघ्ररुप देखाउँछ । तर मानिसहरु अक्सर यसको सानो रुप देखेर भ्रममा पर्ने गर्छन् । खासमा धेरैजसो यो नदि सुल्तानगढसम्म आइपुग्दा निकै सानो हुन्छ । कहिले काहीँ त सुक्छ पनि । जतिबेला त्यस इलाकाका मानिसहरुका लागि त्यो ठाउँ एउटा राम्रो पिकनिक स्पट बन्छ ।

त्यो दिन पनि पिकनिक मनाउन आएकाहरु रमाइलो गरिरहेका थिए । उसो विदाको दिन अझ पिकनिकका लागि सुहाउँदो दिन । उनीहरु यसरी रमाउन थाले कि त्यो उनीहरुको अन्तिम दिन होस । नदीमा बिस्तारै पानी देखिन थाल्यो । पहिले थोरै, अनि अलिकति अलिकति गर्दै बढ्दै गरेको पानीको मात्रा कसैले ख्याल गरेन केही मानिस जसले मृत्यु गन्ध पाए उनीहरु तुरुन्त किनार तर्फ भाग्न थाले । तर आधा दर्जन मानिसलाई अझै पनि थाहा थिएन कि मामला गम्भिर हुनेवाला छ । उनीहरु मध्ये दुई जनाले हुनेवाला खतराको छनक पाए र किनारा तर्फ बढ्न थाले । साथै पहिलो टोलिसँग जाँदा फसेको एक जनालाई पनि लिएर गए ।

मानिसहरु त्राहित्राहि भए । आतिएर एक एक गर्दैै किनार तर्फ बढ्न थाले । नदीमा बाढीले अझ भयानक रुप देखाउन थाल्यो । त्यस्तोमा पनि अझै केही मानिसहरु बिचमै थिए । कतिले आफ्नो मृत्युलाई अंगाल्न तयार भएर शान्त भैसकेका थिए अथवा एक किसिमको बेहोसीमा थिए भने केही अझै पनि जिवनका लागि लड्न खोजिरहेका तर केही सिप नलागेर रोइरहेका । कराइरहेका थिए । पानीको स्तर र गति दुवै बढ्न थाल्यो । केही निमिशमै वरपर देखिएका ठूला ढुङ्गाहरु पानीको सिरक ओड्न थाले । नदीले माथिबाट ठूलाठूला ढुङ्गा मुढा खेलाउँदै आफ्नो यमरुप देखाउन थाल्यो । मानिस एकएक गर्दै पानीमा मिसिन थाले । उनीहरुसँग मात्र दुई उपाए थियो । यात लड्नुपथ्र्यो मृत्युसँग जिन्दगीको लागि । जुन जित्ने सम्भावना निकै कम थियो । छैनको बराबर । अर्को जिन्दगी सुम्पिनु पथ्र्यो र साथै कयौँ अधुरा सपना पनि ।

जतिजना पानीको बिचमा फसेका थिए उनीहरुको लागि त्यो ठाउँ निकै कम भैरहेको थियो । सबै ढुङ्गाको बिचमा जान खोज्दै थिए जसले गर्दा अर्को अर्धमृत शरिर पानीमा लड्थ्यो । त्यहाँ मर या मारको स्थिति हुन थाल्यो । सबैमा अन्तिम दुई आशा थियो । एक पानीको स्तर कम हुने र दुई कोही उनीहरुलाई बचाउन आउने । जसमा दोस्रो कुरा हुनको लागि पनि पहिलो सर्त पुरा हुनै पथ्र्यो । र त्यो कुरा स्वयं भगवान या प्रकृतिको हातमा थियो ।

जिन्दगी र मृत्युसँगको त्यो खेलबाट धेरै खेलाडी बाहिरिए । बाहिरिएका ९ खेलाडिलाई केही दिनपछि मात्र फेला पारियाे भने । खेलका विजेता अपवाद खेलाडी खुशी मनाउँदै छन्, जिन्दगीकाे
एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?