विशेषाधिकार समितिको सभापतिमा श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
२० पटक हेरिएको
Shares
विशेषाधिकार समितिको सभापतिमा श्रेष्ठ

सारांश

  • बुटवल, ११ भदौँ ।
  • प्रदेश नम्वर ५ को विशेषाधिकार समितिको सभापतिमा गुल्मीबाट निर्वाचित प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ चयन भएका छन् ।
  • उनी नेकपाको तर्फबाट प्रदेशसभामा प्रतिनिधित्व गर्छन् ।

बुटवल, ११ भदौँ । प्रदेश नम्वर ५ को विशेषाधिकार समितिको सभापतिमा गुल्मीबाट निर्वाचित प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ चयन भएका छन् । उनी नेकपाको तर्फबाट प्रदेशसभामा प्रतिनिधित्व गर्छन् ।

सोमवार संसद सचिवालयमा बसेको विशेषाधिकार समितिको बैठकले उनलाई सभापतिमा चयन गरेको हो । जेष्ठ सदस्य बाबुराम गौतमको अध्यक्षता एवं सभामुख पूर्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा बसेको बैठकले उहाँलाई सभापतिमा चयन गरेको हो ।

आजै श्रेष्ठलाई सभामुख पूर्णबहादुर घर्ती मगरले पद तथा गोपनीयताको शपथग्रहण गराएको सभामुखका प्रेस संयोजक गणेश वलीले जानकारी दिएका छन् । समितिमा ११ जना प्रदेश सभा सदस्यहरुको प्रतिनिधित्व रहेको छ ।

(mundonow.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?