महोत्तरीमा ९ महिने शिशुको बलात्कारपछि हत्या !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • महाेत्तरी, १२ भदाै ।
  •   आईतबार साँझ महोत्तरीको औरही नगरपालिका वडा नं १ स्थित आफ्नै फैन्सी पसलमा खेलिरहँदा एक अज्ञात व्यक्तिले बालिकालाई चोरेर भागेका थिए ।
  • सोमबार दिउँसो खोजतलासमा निस्केका स्थानीयहरु भँगहा नगरपालिका वडा नं७ मेघनाथ गोरहन्ना स्थित आँपको बगैँचामा शव फालिएको अवस्थामा फेला परेको हो ।

महाेत्तरी, १२ भदाै ।  आईतबार साँझ महोत्तरीको औरही नगरपालिका वडा नं १ स्थित आफ्नै फैन्सी पसलमा खेलिरहँदा एक अज्ञात व्यक्तिले बालिकालाई चोरेर भागेका थिए । सोमबार दिउँसो खोजतलासमा निस्केका स्थानीयहरु भँगहा नगरपालिका वडा नं७ मेघनाथ गोरहन्ना स्थित आँपको बगैँचामा शव फालिएको अवस्थामा फेला परेको हो ।

पोष्टमार्टम गरेका चिकित्सकले समेत अनौपचारिक रुपमा बलात्कार भएको बताएपनि पोष्टमार्टमको अधिकारिक रिपोर्ट नआउन्जेल शंका मात्र भन्न सकिने बताइएको छ । शवको प्रकृति हेर्दा बलात्का गरिएको बुझिएपनि अधिकारिक पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र पूर्णत पुष्टि र अधिकारिक मानिने जनाइएको छ ।

शव फेला परेपछि पोष्टमार्टमको लागि जलेश्वर अस्पतालमा लगिएको तथा चिकित्सकले ती ९ महिने शिशुलाई बलात्कार गरी घाँटी थिचेर हत्या गरिएको देखिएको छ, तर औपचारिक पुष्टि भने भइसकेको छैन । शिशु उपर बलात्कार गरेर हत्या गरिएको आशंका जिल्ला प्रहरी कार्यालय महोत्तरीले गरेको छ ।अधिकारिक पुष्टि हुन बाँकी छ ।बच्चा चोरेर लग्ने व्यक्तिको मुखौटा पसलको सिसिटीभी क्यामेरामा पहिचान भइसकेको तथा प्रहरी चारैतर्फ सक्रियता बढाएको जनाइएको छ

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Sudip Dahal

    hoit. tyaslai fasi dinu parla jasto xa

    Comment Author

    Ganesh Shakya

    Too much भयाे । अए सरकार । सरकार भाकाे हाे कि हैन ?

    Comment Author

    पदम राज गिरि

    नाई के भाछ याे नेपालमा

    Comment Author

    Kala Kunwar Thapa

    हे भगवान आजकल महिलाहरूले कस्ता षुरूषहरू जन्माई रहेका छन् जो प्रत्येक दिन महिलाकै शिकारमा निस्कन्छन् ?हुदा हुदा नौ महिने बालिका पनि ???यो त अति भो?????

    Comment Author

    Dinesh Bhattarai

    Pagalharu ko desvo hamro nepal dablai fasi de sarkar

    Comment Author

    Biju Basnet

    Fasi ko sajaya kina hudaina hau sarkar her yo k vako???? Dudhe bacale dhari bacna payana ??

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?