प्रधानमन्त्री ओलीद्धारा बिमस्टेक बारे संसदलाई जानकारी : कनेक्टिभिटी, व्यापार तथा लगानी, गरिबी निवारण, नेपालको उच्च प्राथमिकता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीद्धारा बिमस्टेक बारे संसदलाई जानकारी : कनेक्टिभिटी, व्यापार तथा लगानी, गरिबी निवारण, नेपालको उच्च प्राथमिकता

सारांश

  • काठमाडौं ।
  • सरकारले बिमस्टेक शिखर सम्मेलनबारे संघीय संसदलाई जानकारी गराएको छ ।
  • मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक शिखर सम्मेलनबारे सदनलाई जानकारी गराएका हुन् ।

काठमाडौं । सरकारले बिमस्टेक शिखर सम्मेलनबारे संघीय संसदलाई जानकारी गराएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक शिखर सम्मेलनबारे सदनलाई जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीले शिखर सम्मेलनका प्राथमिकता र सम्मेलनमा सहभागी हुन आउने राष्ट्र प्रमुख र सरकार प्रमुखको अन्य कार्यक्रमबारे पनि सदनलाई जानकारी गराए । यसपटक बिमस्टेकले आफ्ना प्राथमिकताका १४ वटा र थप २ गरेर १६ वटा क्षेत्र निर्धाण गरेको उहाँले जानकारी दिए ।

बिमस्टेकको प्राथमिकतामा ब्लु इकोनोमी र माउन्ेटन इकोनोमी दुई क्षेत्र थप गरिएको भन्दै उहाँले नेपालले गरिबी निवारणको मुद्दाको नेृतृत्व गरिरहेको बताए । प्रधानामन्त्री ओलीले व्यापार, कनेक्टीभिटी, संगठित अपराध विरुद्धको अभियान, वातावरण जस्ता क्षेत्रलाई चौथो शिखर सम्मेलनले विशेष प्राथमिकता दिएको र ती विषयलाई प्रभावकारी कार्यान्वयन गर्न सक्रिय तथा प्रभावकारी सचिवालयको अपेक्षा गरिएको बताए ।

श्रीलंका र म्यानमारका राष्ट्रपतिले नेपालको औपचारिक सद्भाव भ्रमण गर्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनपछि दुईपक्षीय साझेदारीका कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको उहाँले जानकारी दिए । नेपाल, भारत, बंगालादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सम्मिलित भएर १९९७ मा सुरु गरिएको यो संगठनको अध्यक्ष राष्ट्रको हैसियतले नेपालले शिखर सम्मेलनको आयोजना गरेको हो ।

 

शिखर सम्मेलन २÷२ बर्षमा हुनुपर्ने भएपनि २० बर्षको अवधिमा यो चौथो शिखर सम्मेलन आयोजना हुने भएको हो । शिखर सम्मेलनको मुख्य बैठक आगामी बिहिबार र शुक्रबार काठमाडौंमा हुदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?