मन्त्रीहरु फेरबदल हुन सक्ने प्रचण्डको संकेत !
सारांश
- काठमाडौं , २० भदौं ।
- जनताको तहमा देखिएको असन्तुष्टिलाई सरकारले सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले कामको आधारमा मन्त्रीको मूल्यांकन हुने बताएका छन् ।
- प्रचण्डले सरकारको समीक्षा सुरु भएको र अब केही यस्तो कदम चाल्नुपर्ने हुन सक्ने बताएहुन।
काठमाडौं , २० भदौं । जनताको तहमा देखिएको असन्तुष्टिलाई सरकारले सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले कामको आधारमा मन्त्रीको मूल्यांकन हुने बताएका छन् ।
प्रचण्डले सरकारको समीक्षा सुरु भएको र अब केही यस्तो कदम चाल्नुपर्ने हुन सक्ने बताएहुन। पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष प्रचण्डले कोही एकजना मन्त्रीभन्दा राष्ट्र र पार्टी ठूलो भएको बताए । त्यसैले अब जो जो परे पनि केही स्टेप चाल्नुपर्ने बताएका हुन ।
दुर्इ अध्यक्षले यसलाई नजिकबाट छलफल गरिरहेका छन् । नेकपाका अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताएका छन् । खुमलटारस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले मन्त्रीहरू हेरफेर हुन सक्ने बताएका हुन् । उनले आफ्नो–अर्को नभनी केही मन्त्रीको कामका आधारमा जिम्मेवारी हेरफेर हुन सक्ने बताए ।
‘मन्त्रीहरूको विषयमा केही न केही कदम चाल्नुपर्छ भन्ने नै छ । एउटा पक्षको छुँदा अर्को पक्षलाई नछुने भन्ने हुँदैन । जोसुकै पक्षको भए पनि कदम चाल्नुपर्छ भन्ने छ,’ प्रचण्डले भने, ‘सरकार र पार्टीलाई असफल बनाउने तथा जनतालाई निराश बनाउने अवस्था आएकाले केही न केही कदम चाल्छौँ ।’ पार्टीभित्र भइरहेको छलफलबाट प्राप्त निष्कर्षलाई सरकारको प्रभावकारितामा सहयोग पुर्याउन ठोस कदम चालिने बताउँदै उहाँले सरकारको विषयलाई लिएर पार्टी निरन्तर छलफलमा रहेको बताए ।
प्रतिक्रिया