यसकारण हुन्छ प्रचण्ड निवास पुग्दा राष्ट्रकाे बेइज्जत !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २०, २०७५
|
|
३९ पटक हेरिएको
Shares
यसकारण हुन्छ प्रचण्ड निवास पुग्दा राष्ट्रकाे बेइज्जत !

सारांश

  • काठमाडौं, २० भदाै ।
  •  सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्ड हाल ललितपुरको खुमलटारमा बस्दै आएका छन् ।
  • उनी जुन घरमा बस्छन्, सो घरका घरबेटी शारदा अधिकारी निर्माण व्यवसायीसमेत हुन् ।

काठमाडौं, २० भदाै । सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्ड हाल ललितपुरको खुमलटारमा बस्दै आएका छन् । उनी जुन घरमा बस्छन्, सो घरका घरबेटी शारदा अधिकारी निर्माण व्यवसायीसमेत हुन् । ठेक्का लिएर समयमा काम नगरेको आरोप खेपिरहेका छन् प्रचण्डका घरबेटी, यो बेग्लै कुरा हो।

ललितपुरको चापागाउँ दोबाटो हुँदै नखीपोटको धराने कालो बंगुर सेकुवाबाट पूर्वतिर लागेपछि प्रचण्ड निवासमा पुगिन्छ । रिङरोडबाट बाहिरिनासाथ खुमलटारको बाटो धुलैधुलो छ । धुलो यति छ कि प्रचण्डनिवाससम्म पुग्दा लुगा सद्दे रहँदैन । फोक्सोसम्मै धुलो पसेको महसुस हुन्छ । पानी परेको रहेछ भने हिलोको समस्या उस्तै ।नेताहरुले राजधानीबाहिर त विकास गर्न सकेका छैनन् नै, राजधानीकै वासिन्दाले समेत सडकमा धुँवा र हिलोको समस्या भोग्दै आइरहेका छन् । वातावरणीय प्रदूषण हटाउन न त महानगरले पर्याप्त पहल गरेका छन्, न वातावरण मन्त्रालयले नै काम गर्न सकेको छ । यस्तो बेलामा प्रचण्डनिवास पुग्ने जो कोहीले भन्ने गरेका छन्– तपाईंको निवाससम्म आउने बाटो त खत्तम रहेछ !

पूर्वप्रधानमन्त्री प्रचण्ड लाजिम्पाटबाट खुमलटारमा सरेपछि त्यहाँका स्थानीयबासीले सोचेका थिए, भीआईपी आएपछि अब त यहाँको बाटो चाँडै पीच हुन्छ होला । तर, अहिलेसम्म भएन । आखिर किन भएन ?आफू खुमलटार सरेको महिनौं बितिसक्दा पनि सरकारले बाटो बनाउन नसकेकोमा प्रचण्ड पनि चिन्तित देखिए । विदेशी पाहुना आउँदा बाटोको हालत देखेर राष्ट्रकै बेइज्जत भइरहेको उनले अनुभूति सुनाए ।

प्रचण्डले भने’ विदेशी कूटनीतिज्ञहरु बाटोमा बिजोग देखेर आउँछन् । यसले त राष्ट्रको पनि बेइज्जत हुने भो ‘म यहाँ सरेको यत्रो महिना भइसक्यो, आएकै दिनदेखि भनेको हो यो बाटो बनाउनुपर्‍यो,’ प्रचण्ड भन्छन्, ‘मेरा लागि त खाल्टाखुल्टीहरु मतलवको कुरा होइन, तर यहाँका जनताको मनोविज्ञान प्रचण्ड आएपछि त बाटो बन्छ भन्ने थियो । त्यसैले जनताका लागि पनि गरिदिनुपर्‍यो ।’विदेशीहरु आउँदा बाटोको अवस्था देखेर राष्ट्रकै बेइज्जत भएको सुनाउँदै प्रचण्डले भने, ‘यहाँ विदेशी कूटनीतिज्ञहरु आउँछन् । राजदूतहरु आउँछन् । ठुल्ठुला मन्त्रीहरु आउँछन् । बाटोमा आउँदा बिजोग देखेर आउँछन् । यसले त राष्ट्रको पनि बेइज्जत हुने भो ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले खुमलटारको बाटो बनाउन ‘सरकारले ध्यानै नदिएको चाहिँ होइन’ भन्दै नेकपा सरकारको बचाउ गरे । उनले भने–‘सरकार लागेको छैन भनेको पनि हैन । विचरा मन्त्री रघुवीर महासेठ दुई चार दिनमा यहाँ आउँछन्, यो बाटो हेर्दै आउँछन् । कहिले गिटी झार्छन्, झन् अप्ठ्यारो बनाउँछन् । फेरि पानी परेको परै छ । अहिले पानी परेका बेलामा पीच गर्न पनि नहुने ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाम सकिएपछि काठमाडौं जम्मै पिच गरिदिने बताइरहेको प्रचण्डले सुनाए । उनले भने– ‘प्रधानमन्त्रीजीले भनिराख्नुभएको छ, पानी (वर्षा) मात्रै जाओस् न, दुई तीन महिनाभित्रमा काठमाडौंचाहिँ सप्पै पीच गर्दिने हो । गर्न नचाहेको र नखोजेको भन्ने पनि होइन । तर, यस्तो परिस्थिति छ, यसलाई पनि विचार गरिदिनुपर्‍यो । कमजोरी पनि छन्, त्यसको पनि समीक्षा गर्नुपर्‍यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलेसियामा एक नेपालीको हत्या
मलेसियामा एक नेपालीको हत्या
एसईईको नतिजा प्रकाशनमा देखिएको गल्ती छानबिन गर्न समिति गठन
उदयपुर आँखा अस्पताल निर्माणको लागि जापानी राजदुताबास ले दियो ८८ लाख
उदयपुर आँखा अस्पताल निर्माणको लागि जापानी राजदुताबास ले दियो ८८ लाख
सञ्चार क्षेत्रमा लैगिक समानता र अवसर
सञ्चार क्षेत्रमा लैगिक समानता र अवसर
गाईघाटमा चार युवा लागूऔषधसहित पक्राउ
गाईघाटमा चार युवा लागूऔषधसहित पक्राउ
दाताले दिएको १३ करोडले त्रिविको विभागमा खैलाबैला
आरके गोल्छा ग्रुपले भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन
आरके गोल्छा ग्रुपले भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन
नागरिकता विधेयकप्रति एमालेको आलोचना
नागरिकता विधेयकप्रति एमालेको आलोचना
प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई
प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई
न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुन सक्छ : प्रधानन्यायाधीश कार्की
न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुन सक्छ : प्रधानन्यायाधीश कार्की