विदेशी लगानी भित्र्याउन एकद्वार प्रणाली लागू गरिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
३० पटक हेरिएको
Shares
विदेशी लगानी भित्र्याउन एकद्वार प्रणाली लागू गरिने

सारांश

  • काठमाडाँै, २१ भदौ ।
  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विदेशी लगानी भित्र्याउने क्रममा देखिएको समस्या समाधान गर्न सरकारले एकद्वार प्रणाली लागू गर्ने तयारी गरेको बताउनुभएको छ ।
  • नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘द्विपक्षीय लगानी सम्झौता’सम्बन्धी छलफलमा उहाँले विदेशी लगानीका उद्योग, कलकारखाना दर्ता गर्न झण्झट नहोस् भन्ने उद्देश्यले अन्तरमन्त्रालय समन्वयलाई तीव्रता दिइएको बताउनुभयो ।

काठमाडाँै, २१ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विदेशी लगानी भित्र्याउने क्रममा देखिएको समस्या समाधान गर्न सरकारले एकद्वार प्रणाली लागू गर्ने तयारी गरेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘द्विपक्षीय लगानी सम्झौता’सम्बन्धी छलफलमा उहाँले विदेशी लगानीका उद्योग, कलकारखाना दर्ता गर्न झण्झट नहोस् भन्ने उद्देश्यले अन्तरमन्त्रालय समन्वयलाई तीव्रता दिइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “उद्योग स्थापनाका लागि देखिएको जग्गा, श्रमलगायतका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयसँग छलफल गरेर समन्वय गर्छौं, केही महिनाभित्रै उद्योग स्थापना गर्न फाइल बोकेर विभिन्न सरकारी निकाय धाउनुपर्ने अवस्थाको अन्त्य गर्छौं ।”विदेशी कम्पनीको नामसँग मेल खाने गरी उद्योग दर्ता गरेर विदेशी कम्पनीलाई नेपालमा लगानी गर्न हतोत्साहित गर्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्दै मन्त्री यादवले विदेशी कम्पनीसँग नाम मिल्ने उद्योग दर्ता गर्न रोक लगाउन आफूले निर्देशन दिइसकेको बताउनुभयो ।

उद्योग तथा कम्पनी दर्ता गर्ने क्रममा कुनै समस्या भए निर्धक्कसँग आफूसमक्ष आउन उद्योगीलाई आग्रह गर्दै उहाँले आफू जहिले पनि जनताको पक्षमा काम गर्न तत्पर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयले निःशुल्क सेवा दिन्छ, कानूनसम्मत आएका कुनै पनि फाइल मन्त्रालयमा रोकिँदैनन् ।व्यावसायिक आचरणभित्र रहेर काम गर्ने उद्योगी, व्यापारी सरकारसँग डराउनु नपर्ने बताउँदै मन्त्री यादवले गुणस्तहीन सामग्री उत्पादन गरेर बिक्री वितरण गर्ने उद्योगी, व्यापारीलाई सरकारले कडा कारवाही गर्ने दोहो¥याउनुभयो ।

उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराईले बौद्धिक सम्पत्तिसम्बन्धी कानून तर्जुमा अन्तिम चरणमा पुगेको जानकारी दिँदै अन्तर्राष्ट्रिय मान्यतालाई आत्मसात् र नेपालको राष्ट्रिय स्वार्थलाई प्रतिकूल प्रभाव नपर्ने गरी कानून ल्याइने छ भन्नुभयो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले विदेशी लगानी भित्र्याउँदा मुलुकको राष्ट्रिय हित र स्वार्थलाई ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले ३६ वटा वर्तमान कानूनले नेपालमा उद्योग व्यवसाय सञ्चालन गर्न कठिनाइ सिर्जना गरेको बताउँदै ती कानून परिमार्जनको खाँचो औँल्याउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले ठूला उद्योग स्थापनाले साना उद्योग मर्कामा पर्नसक्ने बताउँदै कुनै मुलुकसँग द्विपक्षीय लगानी सम्झौता गर्दा साना उद्योगको प्रवद्र्धन र संरक्षणमा ध्यान दिइनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होशियार जथाभावी सवारी पार्किङ नगर्नुहोस परिएला (TVT) कारबाहीमा …..
होशियार जथाभावी सवारी पार्किङ नगर्नुहोस परिएला (TVT) कारबाहीमा …..
मोबाइलको पासवर्ड नदिँदा श्रीमतीले जलाईन श्रीमान !
मोबाइलको पासवर्ड नदिँदा श्रीमतीले जलाईन श्रीमान !
निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ — सभापति देउवा
निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ — सभापति देउवा
सातौं पटक अध्यक्ष जित्ने घोराहीका ‘पानी बा’
सातौं पटक अध्यक्ष जित्ने घोराहीका ‘पानी बा’
सिंहदरबारको मुख्य योजनाकार देउवाका साला प्रदिप राणा
सिंहदरबारको मुख्य योजनाकार देउवाका साला प्रदिप राणा
आजदेखि भारतमा लोकसभा चुनाव कसले मार्ला बाजी !
आजदेखि भारतमा लोकसभा चुनाव कसले मार्ला बाजी !
प्रधानमन्त्री ओलीको भारत भ्रमणपछिमात्रै पार्टी एकता हुने !
अबैध ईटाभट्टा ले कुरुप बन्दै पाँचखाल, बन्द गराउन खोज्दा यसरी भयो झडप !(भिडियोसहित)
अबैध ईटाभट्टा ले कुरुप बन्दै पाँचखाल, बन्द गराउन खोज्दा यसरी भयो झडप !(भिडियोसहित)
सुदूरपश्चिममा देउवाको सिन्डिकेट, यि सासंदले दिए देउवालाइ चेतावनि !
सुदूरपश्चिममा देउवाको सिन्डिकेट, यि सासंदले दिए देउवालाइ चेतावनि !
धनुषा क्षेत्र ४ मा एमालेका रघुवीर महासेठले अग्रता लिए
धनुषा क्षेत्र ४ मा एमालेका रघुवीर महासेठले अग्रता लिए

तपाईंले छुटाउनुभयो कि?