राष्ट्रियसभाको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २२, २०७४
|
|
२२ पटक हेरिएको
Shares
राष्ट्रियसभाको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

सारांश

  • काठमाडौं, २२ चैत्र ।
  • राष्ट्रियसभाको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्ने राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन् ।
  • बिहीबार राष्ट्रियसभा अभ्यास र अनुभवबारे सभाका सदस्यबीच भएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले सभालाई परिपक्व ढंगले अभ्यास गर्दै औचित्य पुष्टि गर्ने दायित्व ५९ जनाको काँधमा आएको बताएका हुन् ।

काठमाडौं, २२ चैत्र । राष्ट्रियसभाको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्ने राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन् । बिहीबार राष्ट्रियसभा अभ्यास र अनुभवबारे सभाका सदस्यबीच भएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले सभालाई परिपक्व ढंगले अभ्यास गर्दै औचित्य पुष्टि गर्ने दायित्व ५९ जनाको काँधमा आएको बताएका हुन् ।

“केही समयपछि गठन भएको राष्ट्रियसभाको औचित्य र भूमिकाबारे बाहिर प्रश्न उठ्ने गरेको छ,” उनले भने, “यसको औचित्य पुष्टि हुनेगरी काम गरेर देखाउनुपर्छ ।” नयाँ संविधानको व्यवस्थाअनुसार गठित संघीय संसदका दुई सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको अभ्यासबारे अन्तर्राष्ट्रिय अनुभवबाट हामीले सिक्नुपर्ने उनको धारणा थियो । “बहुदलपछि राष्ट्रियसभा गठन भयो । तर, त्यो संवैधानिक राजतन्त्रअन्तर्गत थियो । त्यसपछि लामो समय एक सदनात्मक व्यवस्था रहयो”, भने “हामी अहिले नयाँ अभ्यासमा छौं । त्यसैले बेलायत लगायतका देशको अनुभव सिक्नका लागि यो अन्तक्र्रिया आयोजना गरिएको हो ।”

तिमिल्सिनाले स्थानीय तह र प्रदेशसभाका प्रतिनिधिबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएकाले उनीहरूको आवाज बनेर काम गर्ने दायित्व आफूहरूको भएको बताए । “हामी सातवटै प्रदेशको समान संख्यामा प्रतिनिधित्व गर्दै यहाँ आएका छौं । त्यसैले केही फरक र राम्रो काम गरेर देखाउनुपर्छ,”, अध्यक्ष तिमिल्सिनाले भने, “अरुलाई पनि राष्ट्रियसभामा आउँ आउँ लाग्ने बनाउनुपर्छ ।”

अन्तक्र्रियामा पूर्व सांसद तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले राष्ट्रियसभा स्थायी सदन र कानुन निमार्णमा जोड दिने भएकाले यसको औचित्य पृथक रहेको बताए । आफ्नो प्रस्तुतिकरणमा उनले राष्ट्रियसभा सरकार बनाउने र ढलाउने खेलमा लाग्नुनपर्ने भएकाले यसले एक लयमा काम गर्नसक्ने धारणा राखे ।

देवकोटाले प्रतिनिधिसभाको काम जाँच्ने र सरकारको कामको अनुगमन गर्ने पनि राष्ट्रियसभाको दायित्वभित्र पर्ने बताए । “राष्ट्रियसभाले पनि प्रिबजेट छलफल गर्नु उपयुक्त हुन्छ । बजेट बाँडफाँडमा समन्यायिक वितरण भयो कि भएन भन्ने राष्ट्रियसभाले हेर्न सक्छ”, उनले भने, “जनसरोकारका विषय उठाएर संसदलाई जनताको प्रतिनिधित्व हुने थलेको हो भन्ने महशुस गराउनुपर्छ ।”

देवकोटाले तीन तहका सरकार अर्थात संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र विवाद समाधान गर्ने जिम्वेवारी राष्ट्रियसभाको हुनुपर्ने बताए । उनले संसदको कानुन बनाउने प्रक्रिया समेत अन्तरक्र्रियामा जानकारी गराएका थिए ।

त्यसैगरी अन्तक्र्रियामा बेलायतको वेस्ट मिनिस्टर संसदको तर्फबाट इयान गीलले बेलयतको संसदीय अभ्यास, राजनीतिको अनुभव सुनाएका थिए । उनले राजनीतिक दल र संसदको भूमिका तथा प्रजातन्त्रको महत्व र चुनौतिबारे प्रकाश पारेका थिए । उनले नेपाल बेलायत लगायत विकसित तथा प्रजातान्त्रिक राष्ट्रमा भन्दा समावेशीकरणमा अगाडि देखिएको बताए । उनले भूगोल, महिला, अल्पसंख्यक, दलित तथा अशक्तको पनि संसदमा प्रतिनिधित्व हुनु निकै प्रशंसनीय भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?