विजयका उम्मेदवारलाई कडा मिहिनेत गर्नुपर्छ : केन्द्रीय सदस्य साउद

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ४, २०७४
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • कञ्चनपुर, ४ असार ।
  • नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले आसन्न स्थानीय तहको निर्वाचनमा विजयी हुनका लागि उम्मेदवारलाई कडा मिहिनेत गर्नुपर्नेमा जोड दिनुभएको छ ।
  • आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न जानुअघि आयोजित सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “स्थानीय तहको निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई जिताएमा विकास र रोजगारीको व्यवस्था यहाँबाटै हुन्छ ।

कञ्चनपुर, ४ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले आसन्न स्थानीय तहको निर्वाचनमा विजयी हुनका लागि उम्मेदवारलाई कडा मिहिनेत गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न जानुअघि आयोजित सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “स्थानीय तहको निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई जिताएमा विकास र रोजगारीको व्यवस्था यहाँबाटै हुन्छ ।”

पूर्वमन्त्रीसमेत रहनुभएका केन्द्रीय सदस्य साउदले “विपक्षी दलले भनेको सुन्ने हैन, मुखको पछि हैन रुखको पछि लाग्नुस्” भन्दै पार्टीका नेता तथा कार्यकर्ताले दोस्रो संविधानसभाको निर्वाचनमा उम्मेदवारलाई विजयी बनाउन जुन भूमिका खेल्नुभएको छ, त्यही भूमिकाको खाँचो अहिले रहेको बताउनुभयो ।

सुकुम्बासी समस्या र निकुञ्ज बिस्थापितको समस्या समाधान गर्नका लागि काँग्रेस प्रतिबद्ध रहेको बताउँदै उहाँले महाकाली सिँचाइ परियोजनाको तेस्रो चरणको कार्य दु्रतगतिमा अगाडि बढेको जानकारी दिनुभयो ।

केन्द्रीय सदस्य साउदले सिँचाइको व्यवस्था भए कृषि उत्पादकत्वमा वृद्धि भई यहाँका बासिन्दा समृद्ध बन्ने बताउँदै काँग्रेस जिते मात्रै विकास र समृद्धि सम्भव छ भन्नुभयो ।

नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरि बोहराले कञ्चनपुरका नौ वटै स्थानीय तहमा काँग्रेसको उम्मेदवारको विजय सुनिश्चित रहेको विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटर ब्याज पीडितको प्रदर्शन : सहुलियत दरमा ऋण उपलब्ध गराउन माग
मिटर ब्याज पीडितको प्रदर्शन : सहुलियत दरमा ऋण उपलब्ध गराउन माग
भूकम्प अपडेट : जाजरकोटमा मात्रै ३७ को मृत्यु, सयौँ घाइते
भूकम्प अपडेट : जाजरकोटमा मात्रै ३७ को मृत्यु, सयौँ घाइते
कास्कीमा १९ उम्मेदवारको जमानत जफत
कास्कीमा १९ उम्मेदवारको जमानत जफत
सचिन रौनियारले ल्याए ‘औधी माया’
सचिन रौनियारले ल्याए ‘औधी माया’
झापाको दशगजा क्षेत्रमा सीमास्तम्भ निरिक्षण
झापाको दशगजा क्षेत्रमा सीमास्तम्भ निरिक्षण
दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न राष्ट्रियसभाका अध्यक्षको आग्रह
दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न राष्ट्रियसभाका अध्यक्षको आग्रह
सलमानकाे फिल्म ‘भारत’काे पहिलाे टिजर सार्वजनिक !
सलमानकाे फिल्म ‘भारत’काे पहिलाे टिजर सार्वजनिक !
प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाई विशेष समितिमा मतदान हुने !
प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाई विशेष समितिमा मतदान हुने !
सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहर उठाउन माग गर्दै सर्वोच्चमा रिट
सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहर उठाउन माग गर्दै सर्वोच्चमा रिट
गोविन्द केसीका कारण टिचिङको ४१ करोड आम्दानी गुम्यो, हाडजोर्नी विभागकै बेहाल
गोविन्द केसीका कारण टिचिङको ४१ करोड आम्दानी गुम्यो, हाडजोर्नी विभागकै बेहाल

तपाईंले छुटाउनुभयो कि?