गाेरखाका कृष्णप्रसाद अधिकारी हत्याका आरोपित रिहा !
सारांश
- काठमाडाै, २५ भदाै ।
- गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या अभियोगमा जेल जीवन बिताइरहेका छविलाल पौडेल सोमबार बिहान रिहा भएका छन्।
- जिल्ला अदालत, चितवनले सफाइ दिएपछि डिल्लीबजार कारागारबाट उनी मुक्त भएका हुन्।
काठमाडाै, २५ भदाै । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या अभियोगमा जेल जीवन बिताइरहेका छविलाल पौडेल सोमबार बिहान रिहा भएका छन्। जिल्ला अदालत, चितवनले सफाइ दिएपछि डिल्लीबजार कारागारबाट उनी मुक्त भएका हुन्। चितवनका मुख्य न्यायधीश कुलप्रसाद शर्माको इजलासले अधिकारी हत्याकाण्डका १३ प्रतिवादीमध्ये पौडेलसति १२ जनालाई सफाइ दिएको हो।
अधिकारी हत्या अभियोगमा पौडेलले गत असार २५ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि उनलाई जेल चलान गरिएको थियो। त्यसको करिब दुई महिनापछि पौडेलसहित १२ जनाले सफाइ पाएका हुन्। रिहा भएका पौडेललाई स्वागत गर्न उनका समर्थक बाजागाजासहित डिल्लीबजार कार्यालय पुगेका छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले पनि उनको स्वागत गर्ने भनेका थिए। तर, उनी उपस्थित भएनन्।रिहाइपछि पौडेलले आफूविरुद्ध गलत अभियोग लगाइएको बताएका छन्। पीडित परिवारले वास्तविक कुरा नुझिकनै आफूविरुद्ध मुद्दा हालेको उनले बताए।
प्रतिक्रिया