पौने सात करोड पचाउन नेताको घरदैलोमा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
पौने सात करोड पचाउन नेताको घरदैलोमा !

सारांश

  • काठमाडौं, २७ भदाै ।
  • रसुवागढी नाका हुँदै अवैध तवरले व्यापार गर्दै आएका एक व्यापारी पौने सात करोड रुपैयाँ पचाउन नेताको घरदैलो चहारिरहेको रहस्य खुलेको छ ।
  • अवैध रुपमा नाका पार गरी काठमाडौं ल्याउन लागेको पौने सात करोड रुपैयाँको सामानसहितको कन्टेनर राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएपछि छुटाउनका लागि व्यापारी नवराज तिमल्सिनाले नेताको घरदैलो चहार्न थालेका हुन् ।

काठमाडौं, २७ भदाै । रसुवागढी नाका हुँदै अवैध तवरले व्यापार गर्दै आएका एक व्यापारी पौने सात करोड रुपैयाँ पचाउन नेताको घरदैलो चहारिरहेको रहस्य खुलेको छ । अवैध रुपमा नाका पार गरी काठमाडौं ल्याउन लागेको पौने सात करोड रुपैयाँको सामानसहितको कन्टेनर राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएपछि छुटाउनका लागि व्यापारी नवराज तिमल्सिनाले नेताको घरदैलो चहार्न थालेका हुन् ।

विभागले एक साताअघि ना ६ ख ६६५२ नम्बरको कन्टेनर अवैध सामानससिहत नियन्त्रणमा लिएको थियो । विभागले उक्त अवैध सामानको मूल्य पौने सात करोड तोकेर विगो तिराउने निर्णय गरिसकेको छ । तर, तिमल्सिनाले भने उक्त सामान आफ्नो नभएर अरु विभिन्न फर्मको भएको बताउँदै आएका छन् । विगो तिर्नबाट पन्छन उनले अरु विजनेश फर्मको नाम लिएको राजश्व विभागले बुझिसकेको छ । उनले विभिन्न फर्मको नाममा अवैध सामान लोड गरेर यसअघि पनि करोडौं रुपैयाँ भन्सार छलेरको आरोप लाग्दै आएको छ ।

उनले सामान बोकेर नाका पार गर्ने र कन्टेनरमा लोड गरेर भन्सार छल्ने गरेको उक्त नाकाहुँदै व्यापार गर्नेहरुले बताउँदै आएका छन् । उनी अहिले राजश्व विभागबाट कन्टेनर र सामान छुटाउन आफूनिकट सांसद, मन्त्रीसँगै व्यापारी नेताहरुको घर धाइरहेका छन् । विभागले भने उनको खोजी गरिरहेको छ । उनी लुकीलुकी नेता घर चहारिरहेका छन् ।

उनी अहिले व्यापारीहरुको संगठनः हिमालय सीमापार वाणिज्य संघका महासचिव हुन् । उनी केही समयअघिसम्म तातोपानी भन्सार कार्यालयको क्यान्टिनमा भान्छेको काम गर्दै आएका थिए । भूकम्पपछि तातोपानी नाका बन्द भएपछि उनले रसुवा नाकाहुँदै अवैध व्यापार गर्न थालेका हुन् । उनी अहिले अवैध कारोबार गर्ने ठूलो गिरोहसँग सम्लग्न रहेर काम गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?