राष्ट्रपतिबाट सम्मानित छात्रा भइन सामूहिक बलात्कारको शिकार !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
३७ पटक हेरिएको
Shares
राष्ट्रपतिबाट सम्मानित छात्रा भइन सामूहिक बलात्कारको शिकार !

सारांश

  • हरियाणा, २९ भदौ ।
  • नेपालमा शृङ्खलाबद्ध रुपमा एकपछि अर्को बलात्कारका घटना बाहिर आइरहेका छन् ।
  • त्यस्तै छिमेकी राष्ट्र भारतमा पनि बलात्कारका घटना दिनानुदिन बढिरहेका छन् ।

हरियाणा, २९ भदौ । नेपालमा शृङ्खलाबद्ध रुपमा एकपछि अर्को बलात्कारका घटना बाहिर आइरहेका छन् । त्यस्तै छिमेकी राष्ट्र भारतमा पनि बलात्कारका घटना दिनानुदिन बढिरहेका छन् ।

भारतको हरियाणा राज्यको रेवाडी भन्ने ठाउँमा एकजना छात्रा सामूहिक बलात्कारको शिकार भएकी छन् । उनी जेहेन्दार विद्यार्थीका रुपमा राष्ट्रपति पुरस्कारबाट समेत पुरस्कृत भैसकेकी थिइन् । रेलवे परिक्षाको तयारी गरिरहेकी उनी ट्युसन पढेर घर जाने क्रममा उक्त घटना घटेको हो । प्रहरीले घटना दर्ता गरी जाँच सुरु गरिसकेको छ ।

प्रहरीका अनुसार छात्रा भारत कै महेन्द्रगढमा रेलवे परिक्षा गरिरहेकी थिइन् । बलात्कार अघि ट्युसनबाट फर्कने क्रममा तिन जनाको समूहले अपहरण गरी नसालु पदार्थ सेवन गराएको प्रहरीले जनायो । यतिबेला हरियाणामा बलात्कारका घटना दैनिक जसो आउने गरेका छन् । विहिबार पनि एक महिला माथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?