धामीझाँक्रीको भरपर्दा दुवै आँखा बन्द !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
धामीझाँक्रीको भरपर्दा दुवै आँखा बन्द !

सारांश

  • तुलसीपुर, २९ भदौ ।
  • अन्धविश्वासका कारण जुम्ला जिल्लाको तिला गाउँपालिकाका–८ की ३१ वर्षीय सुकमाया रोकाय डेढ वर्षदेखि आँखा देख्न छोडेकी छन् ।
  • आँखा कमजोर भएपछि गाउँघरमै धामीझाँक्री गरेको र धामीझाँक्री गर्दा पनि सञ्चो नभएपछि अन्तिम अवस्थामा उपचारका लागि बिहीबार लमही आँखा अस्पताल उपचार गराउन आए ।

तुलसीपुर, २९ भदौ । अन्धविश्वासका कारण जुम्ला जिल्लाको तिला गाउँपालिकाका–८ की ३१ वर्षीय सुकमाया रोकाय डेढ वर्षदेखि आँखा देख्न छोडेकी छन् । आँखा कमजोर भएपछि गाउँघरमै धामीझाँक्री गरेको र धामीझाँक्री गर्दा पनि सञ्चो नभएपछि अन्तिम अवस्थामा उपचारका लागि बिहीबार लमही आँखा अस्पताल उपचार गराउन आए । आँखामा समस्या भएपछि गाउँघरमा अझै पनि देवी देउता लागेको र आँखा बन्द तथा कमजोर भएको भन्ने अन्धविश्वास कायमै रहेको छ । आँखामा समस्या आएपछि धामीझाँक्रीबाट झारफुक गर्ने प्रचलन र हेल्चेक्रयायीले गर्दा धेरैले दृष्टिविहीनताको समस्या भोग्नुपरेको छ ।

एक वर्ष पहिले आँखा कमजोर भएकी रोकायले गाउँघरमा धामीझाँक्रीलाई देखाएको र एक वर्षसम्म विभिन्न झारफुक गरेर पनि सञ्चो नभएपछि दाङको लमहीस्थित आँखा अस्पतालमा उपचारका लागि उनका श्रीमानले ल्याएका छन् । बिहीबार लमही आँखा अस्पतालमा उपचारका लागि आएका रोकायका परिवारले धामीले भूतप्रेत लागेको भने र झारफुक गरेको र पछि दुवै आँखा बन्द भएपछि स्थानीयको सल्लाहमा आँखा अस्पतालसम्म आएको श्रीमान् लालबहादुर रोकायले बताए। “गाउँघरमै धामीझाँक्री गर्दा सञ्चो नभएपछि उपचारका लागि यहाँ आएका हौँ अहिले आफ्नो बच्चालाई समेत उसले चिन्न नसक्ने भएको छ”, लालबहादुरले भने ।

त्यस्तै रोकायको दुवै आँखामा मोतिबिन्दुका कारण बन्द भएको अस्पतालका नेत्र विशेषज्ञ डा एरिक वैद्यले जानकारी दिए । उनका अनुसार रोकायको एउटा आँखामा मोतिबिन्दु धेरै पुरानो भएको र एउटा आँखामा मोतिबिन्दु भर्खर शुरु भएको बताए । डाक्टर वैद्यले रोकायको आँखामा देखिएको मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने बताए । रोकायको जाँच भइरहेको र दुवै आँखामा मोतिबिन्दु रहेकाले आँखा बन्द भएको बताए । त्यसैबीच आर्थिक अवस्था कमजोर भएका रोकाय परिवारलाई लमही आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले बताए । सो परिवारलाई खान, बस्न र यातायात खर्चमा समेत सहयोग गर्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतसँगको १८ अर्बको विद्युत आयातलाई प्रतिस्थापन गरिन्छ: मन्त्री  पुन
भारतसँगको १८ अर्बको विद्युत आयातलाई प्रतिस्थापन गरिन्छ: मन्त्री पुन
भारत र नेपालबीच भएका सन्धी सम्झौता समयानुकुल परिवर्तन हुनुपर्छः रायामाझी
भारत र नेपालबीच भएका सन्धी सम्झौता समयानुकुल परिवर्तन हुनुपर्छः रायामाझी
जस्काे निम्ति पत्रकार सम्मेलन गरे उस्कै बारेमा केहि बाेलेनन् नाना पाटेकरले !
जस्काे निम्ति पत्रकार सम्मेलन गरे उस्कै बारेमा केहि बाेलेनन् नाना पाटेकरले !
राजनितीमा महिला सहभागिता बढाउन नयाँ कानुन !
राजनितीमा महिला सहभागिता बढाउन नयाँ कानुन !
बाबुराम भट्टराईलाई छोडेकी करिष्मा मानन्धर अर्को हप्ता नेकपा प्रवेश गर्दै
मान्लान त कट्टर राजतन्त्रबादी पूर्वराजाले ओलीको याे प्रस्तावलाई ?
मान्लान त कट्टर राजतन्त्रबादी पूर्वराजाले ओलीको याे प्रस्तावलाई ?
सरकारले ग्राण्ड डिजाइन गरेर जनतामाझ हामीलाई नराम्रो बनायो : कर्माचार्य
सरकारले ग्राण्ड डिजाइन गरेर जनतामाझ हामीलाई नराम्रो बनायो : कर्माचार्य
विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्र बैंकमा तालाबन्दी !
राष्ट्र बैंकमा तालाबन्दी !
भारतसँग अन्तिम गोली रहेसम्म लड्ने पाकिस्तानको चेतावनी
भारतसँग अन्तिम गोली रहेसम्म लड्ने पाकिस्तानको चेतावनी

तपाईंले छुटाउनुभयो कि?