चर्चित व्यक्तिको विवरण पनि गोप्य नहुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३१, २०७५
|
|
२३ पटक हेरिएको
Shares
चर्चित व्यक्तिको विवरण पनि गोप्य नहुने

सारांश

  • काठमाडौं – सार्वजनिक पदमा रहेको व्यक्तिले मात्र नभइ समाजमा चर्चित व्यक्तिको विवरणसमेत गोप्य नहुने गरी कानुन बन्ने भएको छ ।
  • सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिको विवरण गोप्य राख्ने प्रावधानसहित ल्याएको विधेयकलाई संसदको राज्य व्यवस्था समितिले परिमार्जन गरी सार्वजनिक पदमा रहेका, सार्वजनिक रुपमा चिनिएका, सार्वजनिक चासो वा सरोकारमा पर्ने व्यक्तिहरुको विवरणसमेत गोप्य नहुने व्यवस्था राखेको हो ।
  • विधेयकमा सम्पत्तिसम्बन्धी विवरण, शैक्षिक योग्यता, राहदानी, सवारीचालक अनुमतिपत्रलगायत पहिचान खुल्ने विवरण सार्वजनिक गर्न यो विधेयकले रोकतोक नगर्ने प्रावधान छ ।

काठमाडौं – सार्वजनिक पदमा रहेको व्यक्तिले मात्र नभइ समाजमा चर्चित व्यक्तिको विवरणसमेत गोप्य नहुने गरी कानुन बन्ने भएको छ ।

सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिको विवरण गोप्य राख्ने प्रावधानसहित ल्याएको विधेयकलाई संसदको राज्य व्यवस्था समितिले परिमार्जन गरी सार्वजनिक पदमा रहेका, सार्वजनिक रुपमा चिनिएका, सार्वजनिक चासो वा सरोकारमा पर्ने व्यक्तिहरुको विवरणसमेत गोप्य नहुने व्यवस्था राखेको हो ।

विधेयकमा सम्पत्तिसम्बन्धी विवरण, शैक्षिक योग्यता, राहदानी, सवारीचालक अनुमतिपत्रलगायत पहिचान खुल्ने विवरण सार्वजनिक गर्न यो विधेयकले रोकतोक नगर्ने प्रावधान छ । कुनै अपराधको अनुसन्धान वा अभियोजन गर्ने सम्बन्धमा कुनै व्यक्तिगत सूचना वा विवरण प्राप्त गर्न पनि विधेयकले खुला गरेको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?