विरोधीले के निहुँ पाउँ कनिका बुकाउँ भन्दैछन् : प्रम ओली
सारांश
- काठमाडौं ।
- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले धमिरा प्रवृत्ति पार्टीका लागि निकै खतरनाक हुने पनि बताएका छन्।
- ओलीले जालझेल र कपटको बाटोबाट क्रान्ति कहिल्यै सफल नहुने चिन्ता व्यक्त गरे ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले धमिरा प्रवृत्ति पार्टीका लागि निकै खतरनाक हुने पनि बताएका छन्। ओलीले जालझेल र कपटको बाटोबाट क्रान्ति कहिल्यै सफल नहुने चिन्ता व्यक्त गरे ।
कम्युनिस्ट नेता पोष्टबहादुर बोगटीको चौथो स्मृति दिवसका अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।
‘प्रतिक्रियावादीहरू के निहुँ पाउँ र कनिका बुकाउँ भनेर बसिरहेका छन्, दुई अध्यक्षकाबीचमा अन्तरविरोध ल्याउन र भाँजो हाल्न पाए द्वन्द्व बढाउन सकिन्छ भन्ने सोचिरहेका छन्,’ ओलीले भने। उनले अन्तरद्वन्द्वलाई आदर्शमार्फत जोडने बताए ।
ओलीले दुई पार्टीबीचको एकतालाई श्रीखण्डको संज्ञा दिएका छन्। अहिले श्रीखण्ड फेला पारेका छौं, जाने यो एकता श्रीखण्ड हो, जानेनौं भने खुर्पाको बिँड पनि हुनसक्छ,’ प्रधानमन्त्री ओलीले भने।
हाल प्रतिक्रियावादीहरुले एकतालाई कमजोर बनाउन निरन्तर हमला गरिरहेको बताउँदै ओलीले त्यसको जवाफ दिनुपर्ने बताए।
ओलीले पार्टी एकतालाई सही ढंगले सदुपयोग गर्नुपर्ने बताए। ओलीले एकता प्रक्रियालाई कमजोर बनाउने ढंगले कोही पनि लाग्न नहुने बताए।पार्टीमाथि हमला हुँदा चुप लागेर बस्न नहुने बताएका छन् । उनले सबै अरिंगालको गोलो जस्तै एकजुट हुनुपर्ने बताएका छन्। ‘प्रतिक्रियावादीहरूले प्रचण्डलाई हमला गर्दा मलाई गरेको छैन भनेर चुप लाग्ने वा ममाथि हमला गर्दा ओलीमाथि भएको हो भनेर अर्को पक्ष चुप लाग्ने हो भने झन् समस्या हुन्छ,’ ओलीले भने।
प्रतिक्रिया