माउण्ट एभरेष्ट बोर्डिङ स्कूलका शिक्षक मृत फेला

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २, २०७५
|
|
३९ पटक हेरिएको
Shares
माउण्ट एभरेष्ट बोर्डिङ स्कूलका शिक्षक मृत फेला

सारांश

  • काठमाडौ भदोै २।
  • दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा कार्यरत शिक्षक राज भट्टराई आज आफ्नै कोठामा मृत फेला परेका छन् ।
  • बूढीगङ्गा गाउँपालिका–७ मोरङ निवासी शिक्षक भट्टराई सात वर्षदेखि उक्त बोर्डिङमा कार्यरत थिए ,बान्ता गरेको अवस्थामा अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

काठमाडौ भदोै २। दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा कार्यरत शिक्षक राज भट्टराई आज आफ्नै कोठामा मृत फेला परेका छन् । बूढीगङ्गा गाउँपालिका–७ मोरङ निवासी शिक्षक भट्टराई सात वर्षदेखि उक्त बोर्डिङमा कार्यरत थिए ,बान्ता गरेको अवस्थामा अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

मृत्युको कारण भने  खुल्न नसकेको  केसीले बताए ।मृतक भट्टराईको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  उनको आफन्त आएपछि मात्र शवपरीक्षण हुने प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Navraj Ojha

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?