खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई आज उदयपुर जिल्ला अदालतमा उपस्थित गराईयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३१, २०७५
|
|
२४ पटक हेरिएको
Shares
खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई आज उदयपुर जिल्ला अदालतमा उपस्थित गराईयो

सारांश

  • उदयपुर ३१ ,भदौ ।
  • नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा लाई आज ढिलोगरी उदयपुर को जिल्ला अदालतमा उपस्थित गराईएको छ।
  •  प्रवक्ता विश्वकर्मा (प्रकाण्ड) लाई वम विस्फोट र कर्तव्य ज्यान मुद्धाको अभियोगमा आज उनलाई ५ बज्न लागेको समयमा  उदयपुर जिल्ला अदालत बोक्सेमा उपस्थित गराईएको हो।

उदयपुर ३१ ,भदौ । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा लाई आज ढिलोगरी उदयपुर को जिल्ला अदालतमा उपस्थित गराईएको छ। प्रवक्ता विश्वकर्मा (प्रकाण्ड) लाई वम विस्फोट र कर्तव्य ज्यान मुद्धाको अभियोगमा आज उनलाई ५ बज्न लागेको समयमा  उदयपुर जिल्ला अदालत बोक्सेमा उपस्थित गराईएको हो।अदालतमा उपस्थित गराई उनीलाई फेरी जिल्ला प्रहरी कार्यालय उदयपुर मा नै राखिएको छ,उनी लाई ६ दिन सम्म थुनामा राखी अनुसन्धान गर्ने जिल्ला अदालत उदयपुर ले जिल्ला प्रहरी कार्यालय लाई आदेश दिएको छ।

सर्वोच्च अदालतले शुक्रवार रिहा गरे लगत्तै अदालत परिसरबाटै गिरफ्तार गरी उनलाई शनिबार उदयपुर ल्याईएको थियो।गत मंसिर १३ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रचार प्रसारको क्रममा उदयपुरगढी नगरपालिका ६ स्थित दनुवारबेसीमा भएको बम विस्फोटमा कांग्रेस उम्मेदवार नारायण बहादुर कार्कीसहित सात जना घाइते बनाएको र गत चैत्र २८ गते त्रियुगा नगरपालिका स्थित थरुहट रंगशाला नजिकै हवाई फिल्डको चौरमा भैँसीका पाडा चराउँदै गरेका स्थानीय १४ वर्षिय बालक पारस राईले झोलामा कालो वस्तु देखेको र त्यो हेर्न खोज्दा विष्फोट भई घाइते बनाएको आरोपमा प्रवक्ता प्रकाण्डलाई उदयपुर ल्याएको डिएसपी मेघराज अधिकारीले बताए ।

प्रकाण्डमाथि उदयपुर प्रहरीले ‘विष्फोट र कर्तव्य ज्यान’को अभियोग लगाइएको छ ।दाङमा राखिएका उनलाई प्रहरीले हेलिकप्टरबाट सर्वोच्चको आदेशमा काठमाडौं ल्याएको थियो ।सर्वोच्चको आदेश पछि उनी लाई फेरी उदयपुर को मुद्दा मा प्रहरी ले पक्राउ गरी उदयपुर ल्यायको हो।

त्यसैको विरोधमा आज नेत्रबिक्रम चन्द नेतृत्वकोमाओवादी ले उदयपुर बन्द को घोषणा समेत गरेको थियो,बन्द सफल बनाउन उदयपुर को कटारी २ ओटा बम समेत राखेका थिए तर बम नेपाली सेना ले डिस्पोज गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?