अध्यक्ष प्रचण्ड, उपराष्ट्रपति पुन र मुख्यमन्त्री शाहीको चीनतिर किन लर्को ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३, २०७५
|
|
४२ पटक हेरिएको
Shares
अध्यक्ष प्रचण्ड, उपराष्ट्रपति पुन र मुख्यमन्त्री शाहीको चीनतिर किन लर्को ?

सारांश

  • काठमाडौं, ३ असोज ।
  • यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” चीनमा छन् ।
  • आजै बिहान उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” पनि चीन उडे भने सोही जहाजमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि चीनतिरै उडेका छन् ।

काठमाडौं, ३ असोज । यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” चीनमा छन् । आजै बिहान उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” पनि चीन उडे भने सोही जहाजमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि चीनतिरै उडेका छन् ।

पूर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले चीनमा त्यहाँको उच्च राजनीतिक नेतृत्वसँग आफ्नो भेटघाटलाई तीब्रता दिइरहेका छन् । उनी केही दिन पहिले चीन प्रस्थान गरेका थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ औपचारिक भ्रमणका लागि आजै एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गरेका छन् । सिचुवान प्रान्तको राजधानी छेन्दुमा असोज ४ गतेदेखि सुरु हुने ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर उपराष्ट्रपति चीन गएका हुन् । उनले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन पनि गर्ने कार्यक्रम छ । उपराष्ट्रपतिले असोज ४ गते नै चीन भ्रमणको क्रममा वेल्ट एण्ड रोड सम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ । त्यस्तै चीनमा रहँदा चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्यूनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्तका सेक्रेटरी, सरकारी प्रतिनिधिहरुले शिष्टाचार भेट गर्ने तय भएको बताइएको छ ।

त्यस्तै, आजै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही ३ सदस्यीय टोलीसहित चीन प्रस्थान गरेका छन् । शाही मुख्यमन्त्री निर्वाचित भएपछिको पहिलो औपचारिक विदेश भ्रमणका लागि चीन गएका हुन् । मुख्यमन्त्री शाही एअर चाइनाको विमानबाट १०ः३० वजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट चीन गएका हुन् ।

चीनको सिचुआन प्रान्तका गभर्नर Yin Li को औपचारिक निमन्त्रणामा चीन गएका मुख्यमन्त्री शाही त्यहाँ हुने 17th Western China International Fair र Belt and Road Development Conference मा सहभागि हुने कार्यक्रम रहेको छ । मुख्यमन्त्री शाहीको भ्रमण द्विपक्षीय हित र प्रदेशको विकासका लागि अन्तराष्ट्रिय लगानीको वातावरण बनाउन केन्द्रीत हुने कार्यवाहक मुख्यमन्त्री नरेश भण्डारीले जानकारी दिएका छन् ।

मुख्यमन्त्री शाहीले चीनसँग सीमा जोडिएको कर्णाली प्रदेशको समग्र विकासका लागि चीन सरकारको सहयोगका लागि आव्हान गर्ने बताएका छन् । भ्रमणका क्रममा कर्णाली प्रदेशको लाइफलाइनका रुपमा रहेको हिल्सा जमुनाहा द्रुतमार्ग निर्माणका लागि चाइना हाइवे कम्पनीसँग छलफल गर्ने र प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

सेप्टेम्वर १९ देखि २४ सम्म हुने ६ दिने भ्रमणका क्रममा सरकारी तथा निजी क्षेत्रसँग द्विदेशीय सिमा नाका निर्माण, जलविद्युत विकास, पर्यटन पूर्वाधार निर्माणका क्षेत्रमा लगानीका लागि आग्रह गर्ने पनि मुख्यमन्त्री शाहीले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदै
फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदै
पाकिस्तानद्वारा भारतीय वायु सेनाका चालक रिहाई, शुक्रबार भारतलाई बुझाइदिने
पाकिस्तानद्वारा भारतीय वायु सेनाका चालक रिहाई, शुक्रबार भारतलाई बुझाइदिने
चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ !
चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ !
फेसबुक पोस्टले गर्दा बंगलादेशमा हिन्दूहरुमाथि आक्रमण
फेसबुक पोस्टले गर्दा बंगलादेशमा हिन्दूहरुमाथि आक्रमण
हुलाकका एक हजार छ सय ३६ दरबन्दी खारेज
हुलाकका एक हजार छ सय ३६ दरबन्दी खारेज
पत्रकारहरुलाई फौजदारी अभियोग लगाइनु अनुचित: उपाध्यक्ष पोख्रेल
पत्रकारहरुलाई फौजदारी अभियोग लगाइनु अनुचित: उपाध्यक्ष पोख्रेल
प्रधानमन्त्रीले असहयोग गरेका राउटेहरुलाई पुन र शेर्पाले गरे सहयोग
प्रधानमन्त्रीले असहयोग गरेका राउटेहरुलाई पुन र शेर्पाले गरे सहयोग
नयाँ सरकारलाई भारत जस्तोसुकै सहयोग गर्न तयार छ : राजदुत पुरी
नयाँ सरकारलाई भारत जस्तोसुकै सहयोग गर्न तयार छ : राजदुत पुरी
सुनको भाउ घटयो, बुधबार कतिमा कारोबार भइरहेको छ ?
सुनको भाउ घटयो, बुधबार कतिमा कारोबार भइरहेको छ ?
पदाधिकारी मनोनयन विधानसम्मत छैन, कति काम गर्छन् हेरौँला : डा. शेखर कोइराला
पदाधिकारी मनोनयन विधानसम्मत छैन, कति काम गर्छन् हेरौँला : डा. शेखर कोइराला

तपाईंले छुटाउनुभयो कि?