आइजिपी खनाललाई प्रहरी जवानकाे प्रश्न ‘के मेरो अपराध निर्मलाको हत्याको प्रमाण मेट्ने भन्दा ठुलो हो ?’
सारांश
- काठमाडाैँ, ५ असाेज ।
- फाटमा बस्न पाउन पर्ने माग गर्दा जागिरबाट निकालिएका पूर्व प्रहरी जवान दिपेन्द्र बहादुर चन्दले आईजीपीलाई सोधेको प्रश्न अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ।
- उनले फेसवुक मार्फत आईजीपि सर्वेन्द्र खनाललाई मेरो अपराध निर्मला हत्याको प्रमाण मेटाउनु भन्दा ठुलो थियो भनेर प्रश्न सोधेका हुन्।
काठमाडाैँ, ५ असाेज । फाटमा बस्न पाउन पर्ने माग गर्दा जागिरबाट निकालिएका पूर्व प्रहरी जवान दिपेन्द्र बहादुर चन्दले आईजीपीलाई सोधेको प्रश्न अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ। उनले फेसवुक मार्फत आईजीपि सर्वेन्द्र खनाललाई मेरो अपराध निर्मला हत्याको प्रमाण मेटाउनु भन्दा ठुलो थियो भनेर प्रश्न सोधेका हुन्।
पूर्व प्रहरी जवान चन्दले निम्न दर्जाका जवानले पनि फाँटमा काम गर्न पाउनु पर्छ भनेर आईजीपीलाई निवेदन लेखेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीका तत्कालीन प्रहरी नायव उपरिक्षक विर वहादुर बुढामगरले कुटपिट गरेको आरोप लगाएका थिए। त्यो आरोप लागेको केहि दिनमै जिल्ला प्रहरी कार्यालय कैलालीले चन्दलाई जागिरवाट बर्खास्त गरेको थियो।
पूर्व प्रहरी जवान चन्दले अहिले निर्मला हत्या प्रकरणलाई लिएर आईजीपीलाई प्रश्न गरेका हुन। उनले निम्न दर्जाका जवानले पनि फाँटमा काम गर्न पाउनु पर्छ भनेर आईजीपीलाई निवेदन गर्नु ठुलो अपराध थियो कि निर्मला हत्याका प्रमण मेटाउनु ठुलो अपराध थियो भनेर आईजीपीलाई प्रश्न गरेका छन्। पूर्व प्रहरी जवान चन्दले बलात्कार जस्तो जघन्य अपराधका दोषीलाई जोगाउन प्रमण मेटाउने प्रहरी अधिकारीलाई निलम्वन मात्रै गर्ने तर प्रहरी संगठन भित्रै न्याय माग्दा जागिरबाट नै बर्खास्त गर्ने परिपाटीको विरोध पनि गरेका छन्।
प्रतिक्रिया