तीन पूर्वप्रधानन्यायाधीश र प्रधानन्यायाधीशदेखि सचिवसम्म सम्मानित

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
३० पटक हेरिएको
Shares
तीन पूर्वप्रधानन्यायाधीश र प्रधानन्यायाधीशदेखि सचिवसम्म सम्मानित

सारांश

  • काठमाडौँ ।
  • पश्चिमाञ्चल विकास मञ्चको कार्यक्रममा प्रधानन्यायाधीश र ३ पूर्वप्रधानन्यायाधीश एउटै मन्चमा सम्मानित भएका छन् ।
  • मञ्चको कार्यक्रममा पूर्व प्रधानन्यायाधीशहरु खिलराज रेग्मी, कल्याण श्रेष्ठ, गोपाल पराजुलीले मन्तव्य दिए ।

काठमाडौँ । पश्चिमाञ्चल विकास मञ्चको कार्यक्रममा प्रधानन्यायाधीश र ३ पूर्वप्रधानन्यायाधीश एउटै मन्चमा सम्मानित भएका छन् । मञ्चको कार्यक्रममा पूर्व प्रधानन्यायाधीशहरु खिलराज रेग्मी, कल्याण श्रेष्ठ, गोपाल पराजुलीले मन्तव्य दिए ।

मञ्चले पश्चिमाञ्चल विकास क्षेत्रबाट प्रतिनिधित्व गर्ने राज्यका विभिन्न निकायका विशिष्ट महानुभावलाई सम्मान गरेको छ ।

त्यसैगरी प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सरकारका विभिन्न अङ्गलाई समेटेर विकासको मूलधारमा लैजाने पहलकदमी गर्नु सह्रानीय भएको बताएका छन् ।

पश्चिमाञ्चल विकास मञ्चद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले देश विकास तथा आपसी सद्भाव र भातृत्व विकासमा समेत टेवा पुगेको उल्लेख गरे ।

पश्चिमाअञ्चल क्षेत्र ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा आर्थिक मात्र नभई बौद्धिक क्षमतामा पनि उतिकै अब्बल रहेको भन्दै यो स्रोत र जनशक्तिलाई विकास र समृद्धिसँग जोड्नुपर्नेमा जोड दिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयनको क्रमिक चरणअन्तर्गत मौलिक हकको व्यवहारिक कार्यान्वयनको दिशामा अघि बढेको उल्लेख गरे । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधानको पूर्णरुपमा कार्यान्वयनका लागि राज्यका हरेक निकायको सक्रिय भूमिका आवश्यक हुने बताए ।

पूर्व अध्यक्ष रेग्मीले भने, “संविधानको भावनाअनुरुप जनताको मौलिक हकको प्रभावकारी कार्यान्वयन गरी जनतालाई अनुभूत गराउनुपर्छ । पुरानो सोच र कार्यशैलीलाई परिवर्तन गरी प्रशासनिक संयन्त्रलाई पारदर्शी बनाउन सकेमात्र ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना सार्थक हुन्छ ।”

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बौद्धिक, व्यवसायिक तथा उत्पादनशील क्षेत्रको जमघट भएको मञ्चलाई विकास र समृद्धिको यात्रामा साझेदारिता बढाउन आग्रह गरे ।

संस्मृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पश्चिमाञ्चलको युनिक वस्तु पर्यटन नै भएकाले यसको यथोचित विकासमा मञ्चलाई सक्रिय भूमिका खेल्न आग्रह गरे ।

पूर्वप्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ र गोपाल पराजुलीले संविधानलाई दिगो बनाउन विकास र समृद्धिलाई तीव्र गतिमा अघि बढाइनुपर्नेमा जोड दिए ।

मञ्चका अध्यक्ष चन्द्र ढकालले पश्चिमाञ्चलको सामाजिक, आर्थिक विकास तथा आपसी सद्भाव र भाइचारा कायम गर्न मञ्चले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरे ।

सम्मानीत हुनेमा क्रमशः प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री ज्ञवाली, पर्यटनमन्त्री अधिकारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्याकुमारी अर्याल, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा हुनुहुन्छ ।

त्यसैगरी मुख्य सचिव लोकदर्शन रेग्मी, राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल तथा विभिन्न मन्त्रालयका सचिवहरु रेश्मीराज पाण्डे, लक्ष्मण अर्याल, डिल्लीराज घिमिरे, कृष्णजीबी घिमिरे, बुद्धिबहादुर खड्का र डा भरत गौतमलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?