पाँच लाख बालबालिका यद्धकाे जोखिममा !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०७५
|
|
५१ पटक हेरिएको
Shares
पाँच लाख बालबालिका यद्धकाे जोखिममा !

सारांश

  • त्रिपोली, ८ असोज ।
  • लिवियाको राजधानी त्रिपोलीमा अहिले झण्डै पाँच लाख बालबालिका उच्च जोखिमा रहेको पाइएको छ ।
  • ती बालबालिकाहरु विभिन्न प्रकारका जोखिमबाट लडिरहेको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार जनाएको छ ।

त्रिपोली, ८ असोज । लिवियाको राजधानी त्रिपोलीमा अहिले झण्डै पाँच लाख बालबालिका उच्च जोखिमा रहेको पाइएको छ । ती बालबालिकाहरु विभिन्न प्रकारका जोखिमबाट लडिरहेको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार जनाएको छ । विद्रोही लडाकूहरुसँगको भिडन्तमा (अगस्टको अन्त्यदेखि गत शनिबारसम्ममा) कम्तीमा ११५ जना आम नागरिक मारिएका र झण्डै ४०० घाइते भएका छन् । युनिसेफले दक्षिणी त्रिपोलीमा भएको घटनाले १२ सय भन्दा बढी परिवार गत ४८ घण्टामा विस्थापित भएको सोमबार जनाएको छ ।

पछिल्लो समयमा भएका भिडन्तहरूकै कारण विस्थापित हुनेहरूको सङ्ख्या २५ हजार भन्दा बढी पुगेको र ती मध्ये आधाजति बालबालिका रहेको जनाइएको छ । “धेरै बालबालिकाहरु विस्थापित भएका विवरणहरु आएका छन्, उनीहरुलाई तत्काल खतरा देखिएको छ, यही कारणले एउटा बच्चाको निधन भएको छ,” युनिसेफको मध्य पूर्व र उत्तर अफ्रिकी निर्देशक गिर्ट काप्पेलारले भन्नुभयो । विद्यालयहरुलाई विस्थापित परिवारले आश्रयस्थलका रुपमा प्रयोग गर्ने क्रम अत्यधिक बढेको तथ्याङकले देखाएको छ । विद्यालयहरु अर्कै प्रयोजनका लागि प्रयोग भएकाले शैक्षिक सत्र सुरु गर्न पनि ढिलाई भइरहेको छ ।

स्थानीयबासिन्दाले खाना, विजुली, पानीलगायतका अत्यावश्यक बस्तुहरुको अभाव पनि झेलिरहेका छन् । लिवियामा भइरहेको द्वन्द्वले पारेको असर र विषेश गरेर बालबालिकामा भएको प्रभावका बारेमा विश्वभरीबाट चिन्ता र चासो व्यक्त भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुकुटे दुर्घटना : अझै पाँच घाइते अस्पतालमै
सुकुटे दुर्घटना : अझै पाँच घाइते अस्पतालमै
खोप लगाएको कार्डबिना सार्वजनिक स्थानमा प्रवेश निषेध
आज ९० जना थपिएसँगै कोरोना संक्रमितको संख्या नाघ्यो ७००
आज ९० जना थपिएसँगै कोरोना संक्रमितको संख्या नाघ्यो ७००
भारतीय महिलाले बनाइन् परीक्षण कीट, कोरोनाभाइरसविरुद्धको लडाईँमा नयाँ आशा
भारतीय महिलाले बनाइन् परीक्षण कीट, कोरोनाभाइरसविरुद्धको लडाईँमा नयाँ आशा
बलिउडबाट आफुलाई बाहिर फाल्न खोजेको कंगना रनौटको खुलाशा
बलिउडबाट आफुलाई बाहिर फाल्न खोजेको कंगना रनौटको खुलाशा
विवादास्पद अभिव्यक्तिले धरापमा मेटमणिको पद
विवादास्पद अभिव्यक्तिले धरापमा मेटमणिको पद
स्वराजलाई एक्लै होटल सोल्टीमा भेट्दै उपेन्द्र यादव
स्वराजलाई एक्लै होटल सोल्टीमा भेट्दै उपेन्द्र यादव
प्रम ओलीको निर्देशनमा काठमाडौँ उपत्यका भित्रिने सबै नाकामा कडाई
प्रम ओलीको निर्देशनमा काठमाडौँ उपत्यका भित्रिने सबै नाकामा कडाई
संविधान संशोधन विधेयक पारितपछि भारतले भन्योः वार्ता गर्ने सझदारी उल्लंघन भयो
संविधान संशोधन विधेयक पारितपछि भारतले भन्योः वार्ता गर्ने सझदारी उल्लंघन भयो
आज राति उल्का वर्षा हुने, यसपछि सन् २०६१ मा मात्रै देखिने
आज राति उल्का वर्षा हुने, यसपछि सन् २०६१ मा मात्रै देखिने