दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
५४ पटक हेरिएको
Shares
दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

सारांश

  • काठमाडाै, ९ असाेज ।
  • दसैं मान्न काठमाडौं उपत्यकाबाट आफ्नो जिल्ला जाने यात्रुका लागि मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ।
  •  सरकारले गाडीभाडा बढाउने सहमति जनाएपछि नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले अग्रिम टिकट बुकिङ खुला गरेको हो।

काठमाडाै, ९ असाेज । दसैं मान्न काठमाडौं उपत्यकाबाट आफ्नो जिल्ला जाने यात्रुका लागि मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ। सरकारले गाडीभाडा बढाउने सहमति जनाएपछि नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले अग्रिम टिकट बुकिङ खुला गरेको हो।बुकिङ खुला भएपछि राजधानीका टिकट बुकिङ काउन्टरहरूमा बिहानैदेखि घुइँचो लागेको छ।

यसअघि गत शुक्रबारदेखि नै टिकट बुकिङ खुला गर्ने भनिए पनि गाडीभाडा वृद्धि, रोकिएका खाता सञ्चालन गर्नुपर्ने माग राख्दै महासंघले टिकट बुकिङ रोकेको थियो। सोमबारदेखि गाडीभाडा १० प्रतिशत बढाउने तथा रोक्का खाता फुकुवाको प्रक्रिया पनि अघि बढाउने सहमति जनाएपछि दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाइएको महासंघका महासचिव सरोज सिटौलालले जानकारी दिए।

यातायात सिन्डिकेट अन्त्यको घोषणा गर्दै सरकारले यातायात समितिका बैंक खाता रोकेको थियो। खाता रोकिएकोमा व्यवसायीहररू रुष्ट हुँदै आएका छन्। खाता रोकिँदा आफ्ना कर्मचारीहररूले तलब खान नपाएको तथा यातायात दुर्घटना हुँदा मृत्यू हुने तथा घातेको उपचार पनि यातायात व्यवसायीले गराउन नसकेको यातायात व्यवसायीको भनाइ छ।सरकारले यातायात सिन्डिकेट खारेज घोषणा गरे पनि व्यवहारमा भने सिन्डिकेट कायमै छ। सरकारले यातायात व्यवसायीका सबै समिति खारेज भएको जनाएको थियो। तर, यातायात महासंघसँग नै वार्ता गरेर सरकारले भाडा बढाउने सहमति गरेको हो भने विभिन्न समितिका टिकट काउन्टरहरू पनि यथावत नै छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हराएको दुई सातापछि जङ्गलमा शव, मृतकको भिसेरा जाँच हुने
हराएको दुई सातापछि जङ्गलमा शव, मृतकको भिसेरा जाँच हुने
सलमानकाे फिल्म ‘भारत’काे पहिलाे टिजर सार्वजनिक !
सलमानकाे फिल्म ‘भारत’काे पहिलाे टिजर सार्वजनिक !
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने कांग्रेसको तयारी, कुन-कुन पार्टीसँग ?
राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने कांग्रेसको तयारी, कुन-कुन पार्टीसँग ?
कोरोना अपडेटः बाँकेमा आजै थपिए ४७ जना संक्रमित
कोरोना अपडेटः बाँकेमा आजै थपिए ४७ जना संक्रमित
निर्मला पन्त हत्या प्रकरण: आफ्नो हत्या हुन सक्ने भन्दै छानबिन समितिका सदस्यले दिए राजीनामा
उद्योग कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन
उद्योग कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन
आजको मौसम: चार प्रदेशमा राती बर्षा र चटयाङको सम्भावना
विकास र समृद्धिको समय हो : गृहमन्त्री थापा
विकास र समृद्धिको समय हो : गृहमन्त्री थापा
तनहुँमा रोचक चुनावी भिडन्त: एक बहालवाला सहित तीन पुर्वमन्त्री मैदानमा
तनहुँमा रोचक चुनावी भिडन्त: एक बहालवाला सहित तीन पुर्वमन्त्री मैदानमा