डाक्टर गोविन्द केसीको १६ औं अनसन बस्ने चेतावनी
सारांश
- काठमाडौं ।
- १५औं पटकसम्म अनसन बसेका डा.
- गोविन्द केसी फेरि अनसन बस्ने भएका छन् ।
काठमाडौं । १५औं पटकसम्म अनसन बसेका डा. गोविन्द केसी फेरि अनसन बस्ने भएका छन् । चिकित्सा क्षेत्रमा सुधारसहितका माग राखेर १६औं पटकसम्म अनसन बस्ने बताएका छन् ।
डा.गोविन्द केसीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक संसदको चालू अधिवेशनबाटै पारित नभए १६ औं अनशन बस्ने चेतावनी दिएका हुन् ।
केसी सरकारले विगतमा आफूसँग गरेका सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक संसद्को जारी अधिवेशनबाट पारित नगर्ने भएपछि अनशन बस्ने भएका हुन्।
केसीले बुधबार प्रेस विज्ञप्ति जारी गरी चलिरहेको संसद् अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए १६औं अनसन बस्ने चेतावनी दिएका छन् ।
स्वास्थ्य तथा शिक्षासम्बन्धी समितिका सभापतिको संसदको चालू अधिवेशनबाट विधेयक पारित नहुने अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै केसीले पुनस् अनशन बस्ने चेतावनी दिएका हुन् ।
‘संसद्को यही अधिवेशनबाट चिकित्सा शिक्षा ऐन निर्माण गर्नेदेखि लिएर सबै सम्झौता कार्यान्वयन नभए नागरिकका हैसियतमा सुशासनका लागि कुशासन गर्नेलाई जवाफदेही बनाउनेलगायत माग राखी १६ औं सत्याग्रह सुरु गर्न बाध्य हुनेछु’ विज्ञप्तिमा लेखिएको छ ।
आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार उदासीन बनेको आरोप केसीले लगाएका छन् । सरकारले चिकित्सा शिक्षा अध्यादेशमा भएका जनतामुखी र विद्यार्थीमुखी बुँदा हटाएर नेता र माफियाको स्वार्थ पूरा गर्ने गरी विधेयक प्रस्तुत गरेकोमा दुई महिनाअघि पनि अनशन बसेको स्मरण गराउँदै केसीले अझै पनि माफियाको स्वार्थ पूरा गर्ने प्रपञ्च भए फेरि पनि अनशन बस्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ।
‘चालु अधिवेशन लम्ब्याएर वा जसरी होस् चिकित्सा शिक्षा विधेयक पारित भएन भने म १६ औं अनशन गर्न बाध्य हुनेछु’, केसीले भने, ‘आज संसद् अधिवेशन अन्त्य गर्ने खेल हुँदैछ । चिकित्सा विधेयक पारित नगर्ने षडयन्त्र भयो ।’
प्रतिक्रिया