युरोपेली क्षेत्रमा बेरोजगारी दर घट्यो
सारांश
- ब्रसेल्स, १५ असोज ।
- युरोपेली क्षेत्र (युरोजोन)मा आबद्ध १९ वटा मुलुकको बेरोजगारी दरमा गत अगष्ट महिनामा ८।
- १ प्रतिशतले कमी आएको छ ।
ब्रसेल्स, १५ असोज । युरोपेली क्षेत्र (युरोजोन)मा आबद्ध १९ वटा मुलुकको बेरोजगारी दरमा गत अगष्ट महिनामा ८।१ प्रतिशतले कमी आएको छ । विश्व आर्थिक सङ्कट पश्चात् सन् २००८ नोभेम्बर यताकै यो सबैभन्दा बढी हो ।युरोस्टाटका अनुसार वित्तीय सेवासम्बन्धी फर्म फ्याक्टसेटले गरेको सर्वेक्षणले अनुमान गरेको ८।२ प्रतिशतभन्दा यो केही कम हो । पछिल्लो सर्वेक्षणले युरोजोनमा सकारात्मक सङ्केत देखा परेको विश्लेषकहरुले बताएका छन् ।
युरोस्टाटले २८ सदस्यीय युरोपेली युनियनमा एक करोड ६६ लाख काम गर्ने उमेरका युरोपेलीहरुले रोजगारी पाउन नसकेको जनाएको छ । यीमध्ये एकल मुद्रा प्रयोग गर्ने युरोजोनका मुख्य १९ वटा देशमा एक करोड ३२ लाख व्यक्ति बेरोजगार छन् ।युरोजोनमा बेरोजगारी दर घट्दैछ । सन् २०१३ को अप्रिल र जुन महिनामा यो दर १२।१ प्रतिशतसम्म पुगेको थियो । सन् २००७–२००८ को वित्तीय सङ्कट अघि युरोजोन राष्ट्रहरुमा बर्सेनि औसतमा ७।४ प्रतिशतको बेरोजगार दर रहेको थियो ।
प्रतिक्रिया