आज तपाइँको राशिफल यस्तो छ…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
आज तपाइँको राशिफल यस्तो छ…

सारांश

  • २०७५ साल असोज १६ गते।
  • मंगलबार।
  • मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ।

२०७५ साल असोज १६ गते। मंगलबार।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ। तर गोपनीयता बाहिरिन काममा समस्या पर्न सक्छ। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ हुनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन्। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। विचार सम्प्रेषण प्रभावकारी नहुन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस होला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ। तर आगन्तुकहरूले अलमल्याउने हुँदा कामलाई बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। महत्वाकांक्षी योजना बिग्रन सक्छ। ९नेपाली पात्रो०

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आवश्यक पर्दा सरसापटमार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले निकै पछि परिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कर्मबाट विशेष फल प्राप्त हुन सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापार बढ्नेछ भने पहिले रोकिएको काम बन्नेछ। साझेदारीबाट लाभ मिल्नुका साथै जिम्मेवारी पनि बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ। मिहिनेतले राम्रो परिणाम दिलाए पनि प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। सानातिना व्यवहारमै अल्झनुपर्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ। सामाजिक वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। अरूका काममा धेरै समय व्यतीत गर्नुपर्नेछ। तापनि लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेका समस्या दोहोरिनाले उत्साहपूर्वक काम गर्न नसकिएला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफन्तजनसँग सुमधुर सम्बन्धका लागि सजग रहनुहोला। रमाइलो यात्राको योग देखिए पनि मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ। फजुल खर्च बढ्न सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
शुभचिन्तकहरू समेत टाढा हुने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। सेवामूलक काम बीचैमा रोकिन सक्छ। परिस्थितिले काममा अलमल्याए पनि मिहिनेत गर्दा फाइदाको स्रोत पहिल्याउन सफल भइनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुजुकी बाइक तथा स्कुटीको मेघा एक्सचेन्ज क्याम्प, चल्तीको रेटभन्दा थप १५००० बढि भ्यालुएसन
सुजुकी बाइक तथा स्कुटीको मेघा एक्सचेन्ज क्याम्प, चल्तीको रेटभन्दा थप १५००० बढि भ्यालुएसन
इकु भोजपुरी डान्सर ले मलेसिया तताउने तयारी पूरा:अब २ दिन बाकी
इकु भोजपुरी डान्सर ले मलेसिया तताउने तयारी पूरा:अब २ दिन बाकी
कसले जित्ला गोल्डनबुट? केन, लुकाकु र एम्बाप्पे दाैडमा
कसले जित्ला गोल्डनबुट? केन, लुकाकु र एम्बाप्पे दाैडमा
एक दर्जन बैंकको नाफा ३३ अर्ब ६७ करोडभन्दा बढी, कुन बैंकले कति कमाए ?
एक दर्जन बैंकको नाफा ३३ अर्ब ६७ करोडभन्दा बढी, कुन बैंकले कति कमाए ?
मध्याह्नसम्म करिब ३५ प्रतिशत मतदान
मध्याह्नसम्म करिब ३५ प्रतिशत मतदान
‘सिके राउतसँग सम्झौता गर्नु र विप्लवलाई प्रतिबन्ध लगाउनुले मुलुकमा निरंकुशता जन्मिन्छ’
‘सिके राउतसँग सम्झौता गर्नु र विप्लवलाई प्रतिबन्ध लगाउनुले मुलुकमा निरंकुशता जन्मिन्छ’
बाढी-पहिरोबाट तीन दिनमा ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
बाढी-पहिरोबाट तीन दिनमा ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त
कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त
हत्याको आरोपीलाई समाउँदा शेरबहादुर देउबा भन्छन् ‘कांग्रेसमाथि प्रहार हुन थाल्यो’
गोरखाका नयाँ शक्तिका नेता पोख्रेल माओवादी केन्द्रमा प्रवेश
गोरखाका नयाँ शक्तिका नेता पोख्रेल माओवादी केन्द्रमा प्रवेश

तपाईंले छुटाउनुभयो कि?