हावा चल्दा हल्लिने पातको पछाडि लाग्नुहुन्न : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
हावा चल्दा हल्लिने पातको पछाडि लाग्नुहुन्न : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विदेश रहेका बेला सुनिएका केही असन्तुष्टिलाई सामान्य भएको बताएका छन् ।
  • संयुक्त राष्ट्रसंघको महासभा बैठकमा भाग लिएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले संसदमा बरिष्ठ नेता माधवकुमार नेपालले ‘देश डुब्न लाग्यो बचाउने माझी कोही छ’ भनी दिएको अभिव्यक्ति पूरानो गीतको याद मात्र भएको बताएका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विदेश रहेका बेला सुनिएका केही असन्तुष्टिलाई सामान्य भएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभा बैठकमा भाग लिएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले संसदमा बरिष्ठ नेता माधवकुमार नेपालले ‘देश डुब्न लाग्यो बचाउने माझी कोही छ’ भनी दिएको अभिव्यक्ति पूरानो गीतको याद मात्र भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले ‘हावा चल्यो पात हल्लियो’ भन्दैमा त्यसको पछाडि लाग्नु दृष्टिकोण नभएको राजनीति हुने बताए ।

अमेरिका भ्रमणबाट फर्किएका ओलीले माधव नेपालसँगको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको बताए । ओलीले नेपालसँग आफ्नो लामो सौहार्दपूर्ण सम्बन्ध रहेको बताउँदै खटपट नहुने स्पस्ट पारे । ‘हाम्रो दोस्ती २०२९ सालदेखि हो’ उनले भने ।

देश विकास, जनताको सेवा जस्ता दीर्घकालीन हित नसोची अस्थायी कुराका पछाडि कुद्नु राजनीति नभएको बताए। ‘विषयहिनता, मुद्दाहीनताले त्यस्तो भयो होला, तर त्यस्तो हुनुहुन्न,’ ओलीले भने। आफू नेतृत्वको सरकारले देश भित्र र बाहिर कहीपनि नराम्रो काम नगरेको दाबी ओलीको थियो।

उनले आफ्नो नेतृत्वको सरकार ५ वर्ष चल्ने र अर्को चुनावपछि झन् बलियो भएर आउने दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?