ज्ञानेन्द्रका कर्म र गिरिजाको आँटले शान्ति प्रक्रिया सम्भव : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहका कर्म र गिरिजाप्रसाद कोइराजाको आँटले शान्ति प्रक्रियालाई मौका दिएको बताएका छन् ।
  • अध्यक्ष दाहालले संघर्षका बेला शान्ति प्रक्रियाको क्रममा सेना समायोजन सही भएको बताएका छन् ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहका कर्म र गिरिजाप्रसाद कोइराजाको आँटले शान्ति प्रक्रियालाई मौका दिएको बताएका छन् । अध्यक्ष दाहालले संघर्षका बेला शान्ति प्रक्रियाको क्रममा सेना समायोजन सही भएको बताएका छन् ।

उनले शान्ति प्रक्रियाको जस गिरिजालाई दिएका छन् । पुस्तक ‘अवतरण’को विमोचनमा बोल्दै प्रचण्डले गिरिजाप्रसाद कोइलालाको आँटले शान्ति प्रक्रिया अगाडि बढेको सम्झिए ।

शान्ति प्रक्रियाका बेला र त्यसअघि केही त्रुटी गरेको स्वीकार समेत गरेका छन् । ‘गिरिजाप्रसादलाई नै राष्ट्रपति बनाउनुपर्ने थियो त्यो त्रुटि भएकै हो’ प्रचण्डले भने ।

‘कम्युनिस्टसँगको एकता र शान्ति पक्रियाका बेला क्यान्टोनमेन्टमा सेना पठाउने निर्णय ठीक समयको ठीक निर्णय थियो,‘ उनले भने ।

आफूहरु संघर्षका बेला शान्ति प्रक्रियामा नगई सम्भव छैन भनेर पर्खिरहेको बेला ज्ञानेन्द्रको कर्मले मौका दिएको बताए ।

उनले नेपालको शान्ति प्रक्रियाका विषयमा पुस्तक लेख्ने बताएका छन् । अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र आफूले माओवादी आन्दोलनदेखि नेपालको शान्ति प्रक्रिया विषयमा पुस्तक नलेखेसम्म पूर्णरुपमा नबुझिने बताए।

माओवादी आन्दोलनदेखि पार्टी एकतासम्मका विषयमा केपी जीले र मैले एउटा पुस्तक नलेखेसम्म अरुलाई थाहा नहुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण
राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण
हात्तीको आक्रमणमा परी एकको मृत्यु
हात्तीको आक्रमणमा परी एकको मृत्यु
‘कि भ्रष्टाचारी सकिए कि म सकिएँ’
मतदाता नामावलीमा सात हजारको नाम
मतदाता नामावलीमा सात हजारको नाम
कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको महत्वपूर्ण योगदान छ
कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको महत्वपूर्ण योगदान छ
आजदेखि काठमाडौँ उपत्यकामा स्मार्ट लकडाउन
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
गैँडाको खाग खरिद बिक्रीमा संलग्न पन्ध्र जना पक्राउ
गैँडाको खाग खरिद बिक्रीमा संलग्न पन्ध्र जना पक्राउ
नेपाल पत्रकार महासंघको अध्यक्षमा बिडारी
नेपाल पत्रकार महासंघको अध्यक्षमा बिडारी

तपाईंले छुटाउनुभयो कि?