सांसद एवं नेकपाका नेता राजिव पहारीले गरे श्रीयाकाे परिवारलाइ आर्थिक सहयोग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
३४ पटक हेरिएको
Shares
सांसद एवं नेकपाका नेता राजिव पहारीले गरे श्रीयाकाे परिवारलाइ आर्थिक सहयोग

सारांश

  • पोखरा, २३ असाेज ।
  •   बलात्कार पछि हत्या गरिएकि पाेखराकि १० वर्षीया श्रीया विक सुनारको दिदी र भाईको पढाई खर्चको गण्डकी प्रदेशका सांसद एवं नेकपाका नेता राजिव पहारीले जिम्मा लिएका छन् ।
  • पहारीले जिम्मा  लिएसंगै  श्रीयाका १४ वर्षीया दिदी र ७ वर्षीय भार्इले निःशुल्क पढ्न पाउनेछन्।

पोखरा, २३ असाेज ।  बलात्कार पछि हत्या गरिएकि पाेखराकि १० वर्षीया श्रीया विक सुनारको दिदी र भाईको पढाई खर्चको गण्डकी प्रदेशका सांसद एवं नेकपाका नेता राजिव पहारीले जिम्मा लिएका छन् । पहारीले जिम्मा  लिएसंगै  श्रीयाका १४ वर्षीया दिदी र ७ वर्षीय भार्इले निःशुल्क पढ्न पाउनेछन्।

यसैबिच गण्डकी प्रदेशका सांसद एवं नेकपाका नेता  पहारीले बलात्कारपछि हत्या गरिएकी पोखरा–२२ पुम्दी भुम्दीकी  १० वर्षीया श्रीया विक सुनारको परिवारलाई ३० हजार रुपैयाँ आर्थिक सहयोग पनि गरेका छन् । प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढासहित जिल्लास्थित सुरक्षा अधिकारी लिएर श्रीयाको घर पुगेका सांसद पहारीले  साेमबार आमा बेलकुमारीलाई ३० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्। पहारीले व्यक्तिगत रुपमा १० हजार र प्रहरीले सम्मान स्वरुप पाएको २० हजार रुपैयाँ श्रीयाको परिवारलाई प्रदान गरिएको हो। त्यसअवसरमा पहारीले पीडित परिवारसमक्ष बलात्कारीलाई कारबाही गर्ने र फासीको सजाय दिन सदनमा आवाज उठाउने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?