काभ्रेका सबै सिटमा बामपन्थीको पकड

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
३१ पटक हेरिएको
Shares
काभ्रेका सबै सिटमा बामपन्थीको पकड

सारांश

  • २५ मंसिर,काठमाडौं ।
  • मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वामगठबन्धनका उम्मेरदारले सानदार जित निकालेका छन् ।
  • जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभा सदस्यमा वामगठबन्धनले बिजय हासिल गरेको हो ।

२५ मंसिर,काठमाडौं । मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वामगठबन्धनका उम्मेरदारले सानदार जित निकालेका छन् । जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभा सदस्यमा वामगठबन्धनले बिजय हासिल गरेको हो ।

सोमबार विहान सम्पन्न नतिजा अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेरदार गंगाबहादुर तामाङले ४३ हजार ६ सय ३१ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिस्र्धी काग्रेसका तिर्थबहादुर लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गरेका छन् ।

वाम गठबन्धनका तामाङ र काग्रेसका लामाको मत अन्तर ४ हजार २६ छ । वामगठबन्धनका तामाङ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तेमाल गाउँपालिकाबाट काग्रेसका उम्मेदवारसंग पराजित भएका थिए । उपविजेता लामा काग्रेसबाट २०७० सालमा संसदमा निर्वाचित भएका थिए ।

गोकुलले कटाए ५० हजार

सोमबार विहानको अन्तिम नजिताअनुसार काभ्रे प्रतिनिधि सभा २ मा एमालेका गोकुल बास्कोटाले १७ हजार ८ सय ४८ मत अन्तरमा विजयी भएका छन् । कुल मतको ५४ हजार ४ सय २७ मत प्राप्त गरि बास्कोटा बिजयको माला पहिरन सफल भए ।

उपविजेता नेपाली काग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्य३६ हजार ५ सय ७९ मत प्राप्त गरे । बास्कोटा एमाले काभ्रेका पूर्व अध्यक्ष हुन् ।

प्रदेशसभामा युवा विद्यार्थी नै चुनिए

काभ्रेको प्रदेशसभा सदस्यका ४ वटै सिटमा युवा विद्यार्थी निर्वाचित भएका छन् । प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ (क) मा अनेरास्ववियू क्रान्तिकारीका पूर्व महासचिव रत्न ढकालले नेपाली काग्रेसका चन्द्रबहादुर लामालाइ पराजित गरेका छन् ।

ढकालले २५ हजार १ सय ६ मत प्राप्त गरि विजयि भएका हुन् भने उनका निकटम प्रतिस्पर्दी लामाले १७ हजार ८ सय ५५ मत प्राप्त गरे । प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा -ख)मा एमाले सम्बद्ध युवा संघ नेपालका उपाध्यक्ष चन्द्र लामाले काग्रेसका गणेश लामालाई पराजित गरे ।

चन्द्रले २४ हजार ४ सय ४७ मत प्राप्त गर्दा निकटम प्रतिस्पर्धी गणेशले २० हजार २ सय ७० मत प्राप्त गरे । चर्चित डन गणेश र चन्द्र विचको सुरुवाती प्रतिस्पर्धा रोचक बनेको थियो ।

प्रतिनिधिसभा २ अन्र्तगत प्रदेशसभा (क) मा वामगठबन्धका उम्मेरदार अनेरास्ववियुका पूर्व उपाध्यक्ष लक्ष्मण लम्सालले काग्रेसका सुन्दरमणी आचार्यलाई ११ हजार ३२ मत अन्तरले पराजित गरे । लम्सालले २७ हजार ६ सय २१ मत प्राप्त गर्दा, आचार्यले १६ हजार ५ सय ८९ मत पाए ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा -ख) मा एमाले युवा नेता बसुन्धार हुमागाइले २८ हजार ६ सय ७३ मत प्राप्त गरि काग्रेसका कन्चनचन्द्र वादे श्रेष्ठलाइ ६ हजार ९ सय २० मत अन्तरले पराजित गरे । वादेले २१ हजार ७ सय ५३ मत पाएका थिए । वादे पूर्व उद्योग राज्यमन्त्री समेत हुन् ।

(https://firework.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?