गैँडासँग लडेर पर्यटकको ज्यान जोगाउने यी बहादुर शीरलाल !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०७५
|
|
२९ पटक हेरिएको
Shares
गैँडासँग लडेर पर्यटकको ज्यान जोगाउने यी बहादुर शीरलाल !

सारांश

  • चितवन , २९ असाेज ।
  • चितवन सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी शीरलाल परियारले आफ्नो ज्यानको बाजी थापेर गैंँडाबाट पर्यटकलाई बचाउन सफल भएका छन्।
  •  चितवन राष्ट्रिय निकुञ्जमा घुम्न गएका पर्यटकलाई बचाउने क्रममा गैँंडाको आक्रमणबाट गम्भीर घाइते भएका परियारको अहिले काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

चितवन , २९ असाेज । चितवन सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी शीरलाल परियारले आफ्नो ज्यानको बाजी थापेर गैंँडाबाट पर्यटकलाई बचाउन सफल भएका छन्। चितवन राष्ट्रिय निकुञ्जमा घुम्न गएका पर्यटकलाई बचाउने क्रममा गैँंडाको आक्रमणबाट गम्भीर घाइते भएका परियारको अहिले काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। वन र वन्यजन्तुको संरक्षण सँगसँगै पर्यटकलाई निकुञ्ज घुमाएर वन्यजन्तु अवलोकन गराउनु उनको दशकौंदेखिको दैनिकी थियो। सौराहाको होटल पार्क साइडका सञ्चालक परियार चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि पथ प्रदर्शकसमेत छन्।

गएको शुक्रबार निकुञ्जमा अष्ट्रेलियाका ११ जना पर्यटकलाई घुमाउन लैजाने क्रममा नसोचेको परिणाम भोग्नुप¥यो। एक्कासि भेटिएको बच्चासहितको गैँंडाले पर्यटकलाई आक्रमण गर्न थाल्यो। परियारले आफ्नो ज्यानको बाजी थापेर पर्यटकलाई सकुशल फिर्ता गरे। तर, पर्यटकलाई जोगाउँदा आफू भने घाइते भएका छन्। गैंडासँग कसरी बच्ने भन्ने कला उनीसँग थियो। यसपटक धेरै पर्यटक भएकाले उनीहरुलाई बचाउनकै लागि गैंँडासँग सङ्घर्ष गर्नुप¥यो। काठमाडौँको ग्राण्डी अस्पतालमा उपचाररत परियाले भने, ‘बच्चासहितको गैंँडाबाट बच्न मुस्किल पर्छ, तर यसपाली पर्यटक बचाएर आफू पनि बाँच्न सफल भएँ, यो मेरो नयाँ जीवन हो।’

बच्चा देखेपछि आक्रामक हुँदै गैँडा आयो। अब पर्यटकलाई मार्ने भयो भनेर उनले विभिन्न उपायसहित भूइँमा लठ्ठी बजारे। तर गैँंडा रोकिएन्। रुखमा छेलिएर गैंँडालाई धपाउन लाग्दा आफैं झाडीमा अल्झिएर लडेपछि गैंँडाले आक्रमण गरेको परियार सम्झन्छन्। गैँंडाले उनको पिँडुल्ला टोकेर गम्भीर घाइते बनाएको छ। छातीमा हान्यो भने एकैचोटी ज्यान जान्छ भनेर एक्कासि घोप्टो परेपछि अरु दुई पथ प्रदर्शकको सहयोगमा गैंँडाबाट बच्न सफल भएको उनको भनाइ छ। बच्चासहितको कुनै पनि जनावर देखिएमा सतर्क हुनुपर्ने सुझाव पनि उनले दिए। तिघ्रा पछाडि सिङ्ले हानेको छ। चितवनको भरतपुर अस्पतालमा शल्यक्रिया गरिए पनि घाउँमा सङ्क्रमण भएपछि उनलाई आइतबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ। सङ्क्रमण भएको सबै मासु निकालिएको र दुई दिनपछि पुनः शल्यक्रिया गर्ने तयारी गरिएको पत्नी सुशीला चौधरीले जानकारी दिइन्।

चितवन राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट जनधनको क्षति हुने गरेको छ। गैँंडा, बाघ, चितुवा, भालु, हात्तीले बढी आक्रमण गर्छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यि माग राख्दै डाक्टर केसी आमरण अनसन बस्ने !
यि माग राख्दै डाक्टर केसी आमरण अनसन बस्ने !
मानव सिर्जित विपद् न्यूनीकरणमा मन्त्री र प्रदेश सांसदको जोड
मानव सिर्जित विपद् न्यूनीकरणमा मन्त्री र प्रदेश सांसदको जोड
राेचक समाचार : पोर्न भिडियो देखाएर पत्नीलाई पोर्न स्टारको नक्कल गर्न लगाएपछि…
राेचक समाचार : पोर्न भिडियो देखाएर पत्नीलाई पोर्न स्टारको नक्कल गर्न लगाएपछि…
शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए
शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए
कागजमा मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्का पट्टाको त कुरै नगरौँ : सांसद वाग्ले
कागजमा मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्का पट्टाको त कुरै नगरौँ : सांसद वाग्ले
French hotels, restaurants look to migrants to fill 100,000 jobs
French hotels, restaurants look to migrants to fill 100,000 jobs
काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता
काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता
फाप्लु विमानस्थलको प्रवेशद्वार उपयोगविहीन
फाप्लु विमानस्थलको प्रवेशद्वार उपयोगविहीन
एकाविहानै भूकम्पको धक्का महशुस
एकाविहानै भूकम्पको धक्का महशुस
यी हुन् गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (सूचीसहित)
यी हुन् गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (सूचीसहित)

तपाईंले छुटाउनुभयो कि?