जाने होइन प्रधानमन्त्री ओलीसँग टीका लगाउन ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १, २०७५
|
|
२३ पटक हेरिएको
Shares
जाने होइन प्रधानमन्त्री ओलीसँग टीका लगाउन ?

सारांश

  • प्रधानमन्त्री केपी ओलीले पनि यो वर्ष देखि सर्वसाधारणलाई दशैको टीका लगाइदिने भएका छन् ।
  • राष्ट्रपति र पूर्व राजाले सर्वसाधारणलाई विजयादशमीको दिन टीका लगाइ दिने चलन जस्तै बनेको थियो ।
  • यो वर्ष देखि राष्ट्रपति र पूर्व राजा जस्तै प्रधानमन्त्रीले पनि आफुलाई टीका लगाइदिने कार्यमा सहभागि गराएका छन् ।

प्रधानमन्त्री केपी ओलीले पनि यो वर्ष देखि सर्वसाधारणलाई दशैको टीका लगाइदिने भएका छन् । राष्ट्रपति र पूर्व राजाले सर्वसाधारणलाई विजयादशमीको दिन टीका लगाइ दिने चलन जस्तै बनेको थियो । यो वर्ष देखि राष्ट्रपति र पूर्व राजा जस्तै प्रधानमन्त्रीले पनि आफुलाई टीका लगाइदिने कार्यमा सहभागि गराएका छन् ।

विजयादशमीको दिन शुक्रबार प्रधानमन्त्रीले दिउँसो २ बजे मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई टिका लगाइदिने उनको सचिवालयले जानकारी दिएको छ ।
शुक्रबार अपरान्ह साढे तीनदेखि देखि साढे पाँच बजेसम्म पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको छ । त्यस्तै एकादशी देखि चतुर्दशी बिहान नौ बजेदेखि एघार बजेसम्म पनि प्रधानमन्त्रीले कार्यकर्ताहरु र शुभचिन्तकहरुलाई टिका लगाइदिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?