निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ४, २०७५
|
|
४९ पटक हेरिएको
Shares
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार

सारांश

  • कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि अनुसन्धानमा लापरवाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपीसहित २ जनालाई बर्खास्त गर्ने तयारी भएको छ ।
  • प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै सेवाबाट बर्खास्तीका लागि निलम्बीत एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका तत्कालीन निलम्बीत इन्सपेक्टर जगदिश भट्टलाई वर्खास्त गर्न गृहमा पत्र पठाएको हो ।
  • गृहस्रोतका अनुसार सम्भवतः आजै गृहसचिवस्तरीय निर्णयबाट उनीहरुलाई वर्खास्त गर्ने निर्णय गर्नेछ ।

कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि अनुसन्धानमा लापरवाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपीसहित २ जनालाई बर्खास्त गर्ने तयारी भएको छ । प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै सेवाबाट बर्खास्तीका लागि निलम्बीत एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका तत्कालीन निलम्बीत इन्सपेक्टर जगदिश भट्टलाई वर्खास्त गर्न गृहमा पत्र पठाएको हो ।

गृहस्रोतका अनुसार सम्भवतः आजै गृहसचिवस्तरीय निर्णयबाट उनीहरुलाई वर्खास्त गर्ने निर्णय गर्नेछ । प्रहरी नियमावली अनुसार एसपीसम्मको बर्खास्त गृह सचिव स्तरिय निर्णयबाट हुने व्यवस्था रहेको छ ।

प्रहरी प्रधान कार्यालयका एआईजी धीरु बस्न्यातको संयोजकत्वमा गठित अनुसन्धान टोलीले एसपी विष्टसहित इन्सपेक्टर भट्टलाई बर्खास्त गर्न सुझाव दिएपछि प्रहरी प्रधान कार्यालयले गृहलाई पत्र पठाएको हो । गत साउन १० गते साथी रोशनी वमको घरमा गएकी निर्मला साउन ११ गते मृत अवस्थामा उखुवारीमा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । निर्मला हराएको भन्दै साउन १० गते साँझ नै वडा प्रहरी कार्यालयमा खबर गर्दा प्रहरीले भोली खोजौंला भन्दै टारेको निर्मलाका आफन्तले आरोप लगाउँदै आएका छन् ।

तत्कालीन समयमा इन्सपेक्टर भट्ट नै वडा प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुख थिए । यसअघि सरकारद्वारा गठित समितिले पनि निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले चरम लापरवाही गरेको निष्कर्ष निकालेको थियो । निर्मला हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्तका रुपमा भीमदत्तनगर १९ का दिलिपसिहं विष्टलाई सार्वजनिक गरेपछि स्थानीयले प्रहरी प्रशासनको चर्का विरोध गरेका थिए । पछि बिष्टको डीएनए म्याच नभएपछि उनी साधारण तारेखमा रिहा भएका थिए ।

दिलिपलाई मुख्य नक्कली अभियुक्तको रुपमा सार्वजनिक गर्ने सीआईबीका डीएसपी अंगुर जिसीको पनि प्रमुख भूमिका थियो । जिसीसहित ६ जना प्रहरी हाल निम्बनमा छन् । निर्मला हत्या प्रकरणमा कञ्चनपुरको तत्कालीन प्रहरी नेतृत्वले प्रमाण लुकाउन खोजेको आरोप स्थानीयले लगाउँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाकाे सरकार भएका बेला लाेकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन: प्रधानमन्त्रि अाेली
नेकपाकाे सरकार भएका बेला लाेकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन: प्रधानमन्त्रि अाेली
एक सय ५४ पालिकाले बुझाएनन् बजेट पारित भएको विवरण
एक सय ५४ पालिकाले बुझाएनन् बजेट पारित भएको विवरण
हुलाक टिकट प्रकाशनमा
हुलाक टिकट प्रकाशनमा
प्रधानमन्त्री ओलीको भारत भ्रमण ऐतिहासिकरुपमा सफल : परराष्ट्रमन्त्री ज्ञवाली
प्रधानमन्त्री ओलीको भारत भ्रमण ऐतिहासिकरुपमा सफल : परराष्ट्रमन्त्री ज्ञवाली
सभामुख कृष्णबहादुर महरालाई घोराही उपमहानगरको भव्य सम्मान
सभामुख कृष्णबहादुर महरालाई घोराही उपमहानगरको भव्य सम्मान
राष्ट्रियता, स्वाधिनता र अखण्डताको रक्षा अहिलेको महत्वपूर्ण विषय : भट्ट
राष्ट्रियता, स्वाधिनता र अखण्डताको रक्षा अहिलेको महत्वपूर्ण विषय : भट्ट
तलेजु मन्दिरमा यस वर्षको दशैमा पशुवलि नदिइने
तलेजु मन्दिरमा यस वर्षको दशैमा पशुवलि नदिइने
तनहुँको आफै घण्ट हल्लिने अनौठो मन्दिर
तनहुँको आफै घण्ट हल्लिने अनौठो मन्दिर
कसैको ईसारामा मलाई फसायो, मलाई गोरे संग नराख्नुस: एसएसपी श्याम खत्री
फिल्म समिक्षा : कस्तो छ चलचित्र ‘२ रुपैयाँ’ को कथा ?
फिल्म समिक्षा : कस्तो छ चलचित्र ‘२ रुपैयाँ’ को कथा ?