ध्यान दिएर पढ्नुस डिभी २०२० बारे अमेरिकी दुतावासले जारी गरेको सूचना

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
ध्यान दिएर पढ्नुस डिभी २०२० बारे अमेरिकी दुतावासले जारी गरेको सूचना

सारांश

  • नेपालस्थित अमेरिकी दुतावासले डिभि लोटरी २०२० सम्बन्धी केही महत्वपुर्ण सूचना सार्वजनिक गरेको छ ।
  • दुतावासले भिसा कन्सल्टेन्सीको प्रलोभनमा परि जथाभावी नक्कली प्रमाणपत्र पेश नगर्न आग्रह गरेको छ ।
  • ट्वीटरमा सन्देश लेख्दै दुतावासले नक्कली प्रमाणपत्र पेश गरेमा सधैँका लागि अमेरिका जान अयोग्य हुने समेत चेतावनी दिएको छ ।

नेपालस्थित अमेरिकी दुतावासले डिभि लोटरी २०२० सम्बन्धी केही महत्वपुर्ण सूचना सार्वजनिक गरेको छ । दुतावासले भिसा कन्सल्टेन्सीको प्रलोभनमा परि जथाभावी नक्कली प्रमाणपत्र पेश नगर्न आग्रह गरेको छ । ट्वीटरमा सन्देश लेख्दै दुतावासले नक्कली प्रमाणपत्र पेश गरेमा सधैँका लागि अमेरिका जान अयोग्य हुने समेत चेतावनी दिएको छ ।

विभिन्न बहानामा बढि पैसा असुुल्न खोज्ने कन्सलटेन्सीसँग जोगिन पनि दुतावासले अनुरोध गरेको छ । प्रलोभन देखाउँदै कन्सेलटेन्सीले दिएका त्यस्ता नक्कली प्रमाणपत्र योग्य नमानिने पनि दुतावासले भनेको छ । यदि कसैले यस्ता नक्कली प्रमाणपत्र पेश गरेको पाइएका उसलाई सधैका लागि अमेरिकाको ढोका बन्द हुने दुतावासको सूचनामा उल्लेख गरिएको छ । यसको वर्षको डिभि आवेदन असोज १७ देखि खोलिएको थियो । २०२० का लागि खोलिएको आवेदन कात्तिक २० गते बन्द हुँदैछ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?