निकुञ्ज प्रवेश शुल्क बढ्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
५७ पटक हेरिएको
Shares
निकुञ्ज प्रवेश शुल्क बढ्यो

सारांश

  • चितवन, ८ कात्तिक, सरकारले राजपत्रमा प्रकाशित गरी निकुञ्ज प्रवेश शुल्क बढाएको छ ।
  • चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकले तिर्ने शुल्कमा वृद्धि भएसँगै यहाँको राजश्व बढ्ने भएको छ ।
  • निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्ज प्रवेश गर्दा नेपालीले मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु १५०, सार्क देशकाले रु एक हजार र विदेशीले रु दुई हजार तिर्नुपर्ने भएको छ ।

चितवन, ८ कात्तिक, सरकारले राजपत्रमा प्रकाशित गरी निकुञ्ज प्रवेश शुल्क बढाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकले तिर्ने शुल्कमा वृद्धि भएसँगै यहाँको राजश्व बढ्ने भएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्ज प्रवेश गर्दा नेपालीले मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु १५०, सार्क देशकाले रु एक हजार र विदेशीले रु दुई हजार तिर्नुपर्ने भएको छ ।

यसअघि निकुञ्ज प्रवेश गर्दा नेपालीले रु ११३, सार्कले रु ८४७.५० र विदेशीले रु एक हजार ६९५ तिर्नुपर्ने हुन्थ्यो । त्यसैगरी व्यावसायिक जङ्गल यात्रामा कारले रु तीन हजार र जिपले रु पाँच हजार तिर्नुपर्ने छ । यसअघि जङ्गल यात्रामा सबै सवारीले रु चार हजार ५२० तिर्नुपर्ने हुन्थ्यो ।

यसैगरी हात्ती यात्रामा व्यक्तिको मात्रै नेपालीलाई रु ५००, सार्कलाई रु एक हजार ५०० र विदेशीलाई रु दुई हजार ५०० निर्धारण भएको ढकालले बताउनुभयो । यसअघि हात्ती यात्रामा बच्चाका लागि ५० प्रतिशत छुट भए पनि अहिले छुट दिइएको छैन ।

हात्ती चढ्दा पर्यटकले निकुञ्ज प्रवेश शुल्क र हात्ती शुल्क तिर्नुपर्ने हुन्छ । हाल हात्तीमा घुम्ने नेपालीले रु एक हजार १००, सार्क मुलुककाले एक हजार ६०० र विदेशी दुई हजार १०० हात्तीका लागि तिर्नुपर्ने हुन्छ ।

त्यसैगरी जिप सफारीका लागि पर्यटकले प्रवेश शुल्कबाहेक जिपका लागि रु एक हजार २५० व्यवसायीलाई बुझाउनुपर्ने हुन्छ । सरकारले राजपत्रमा नयाँ शुल्क प्रकाशन गरेसँगै असोज २९ गतेबाट लागू गरिएको ढकालले बताउनुभयो ।

होटल व्यवसायीले शुल्क वृद्धिको पूर्व जानकारी नहुँदा मर्कामा परेको जनाएका छन् । ढकालले भने पूर्व जानकारी भएमा घटाउन लबिङ हुने हुँदा एकै पटक शुल्क सार्वजनिक गर्ने गरिएको बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा प्रवेश शुल्कवापत रु १६ करोड ७८ लाख ५४ हजार ६५० र सवारी शुल्कवापत रु तीन करोड २५ लाख ६० हजार राजश्व सङ्कलन गरेको थियो । निकुञ्जले कूल राजश्व रु २४ करोड ८१ लाख ९९ हजार ९९८ सङ्कलन गरेको थियो । गत वर्ष एक लाख ५२ हजार ६७१ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो चासो र हस्तक्षेप नभएको उपप्रधानमन्त्री पोखरेलको स्पष्टोक्ति
कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो चासो र हस्तक्षेप नभएको उपप्रधानमन्त्री पोखरेलको स्पष्टोक्ति
डाक्टरको प्रश्न– यो चुनावले भीमसेन थापाजस्तो प्रधानमन्त्री जन्माउने कि शेरबहादुरजस्तो ?
डाक्टरको प्रश्न– यो चुनावले भीमसेन थापाजस्तो प्रधानमन्त्री जन्माउने कि शेरबहादुरजस्तो ?
इरानको हतियार प्रणालीमा अमेरिकाद्वारा साइबर आक्रमण
इरानको हतियार प्रणालीमा अमेरिकाद्वारा साइबर आक्रमण
किसानलाई आत्मनिर्भर बनायो उन्नत बीउबिजन कार्यक्रमले
किसानलाई आत्मनिर्भर बनायो उन्नत बीउबिजन कार्यक्रमले
लण्डनमा ब्रेक्जिट विरोधीद्वारा भव्य प्रदर्शन
लण्डनमा ब्रेक्जिट विरोधीद्वारा भव्य प्रदर्शन
पक्राउ परेका पूर्वमन्त्री विश्वकर्मालाई ५ दिनको म्याद थप
पक्राउ परेका पूर्वमन्त्री विश्वकर्मालाई ५ दिनको म्याद थप
ए’ डिभिजन लिग फुटबल: आजदेखि चौथो चरणका खेलहरू
ए’ डिभिजन लिग फुटबल: आजदेखि चौथो चरणका खेलहरू
पाल्पामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु
पाल्पामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु
साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !
साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !
सगरमाथाको उचाइ: नेपाली नापी टोली चुचुरोमा
सगरमाथाको उचाइ: नेपाली नापी टोली चुचुरोमा