कांग्रेसले यसरी सम्झियो बास्कोटालाई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
३३ पटक हेरिएको
Shares
कांग्रेसले यसरी सम्झियो बास्कोटालाई

सारांश

  • काठमाडौं, ८ कात्तिक।
  • नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्वर्गीय नेता चक्रप्रसाद बास्तोलालाई राष्ट्रप्रति समर्पित नेताको रुपमा चित्रण गरेका छन्।
  • सभापति देउवाले तत्कालीन सशस्त्र विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय नेता बास्तोलाले भारतमा बसेर पुर्याएको योगदानको स्मरण गर्दै देउवाले बास्कोटालाई राष्ट्रप्रति समर्पित नेता बताएका हुन्।

काठमाडौं, ८ कात्तिक। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्वर्गीय नेता चक्रप्रसाद बास्तोलालाई राष्ट्रप्रति समर्पित नेताको रुपमा चित्रण गरेका छन्। सभापति देउवाले तत्कालीन सशस्त्र विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय नेता बास्तोलाले भारतमा बसेर पुर्याएको योगदानको स्मरण गर्दै देउवाले बास्कोटालाई राष्ट्रप्रति समर्पित नेता बताएका हुन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता बास्तोलाको निधन भएको १३ औं दिनमा आयोजित शोक सभामा बोल्दै उनले नेपालको राजनीति, समाजसेवा र कूटनीतिक क्षेत्रमा बास्तोलाले देखाएको बाटोबाटै पार्टीलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।  कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेता बास्तोलाले नेपालको राजनीति, कूटनीति र समाजसेवामा दिएको योगदानको चर्चा गरे। उनले नेता बास्तोलालाई अदुभूत क्षमता भएका नेताको रुपमा पनि स्मरण गरे। उपसभापति निधिले नेता बास्तोलाले भारतसँगको सीमा समस्या समाधान सम्बन्धि लिएको अडानको पनि तारिफ गरे।

मस्तिष्क घातका कारण थलिएका नेता बास्तोलाको गत असोज २७ गते शनिबार ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा निधन भएको थियो। बास्तोलाले परराष्ट्रमन्त्री र भारतका लागि नेपाली राजदूतको भूमिका पनि कुशलताका साथ निर्वाह गरेका थिए। नेता बास्तोला २०४६ सालको जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई परराष्ट्र नीति निर्माणमा महत्वपूर्ण योगदान दिने नेताको रुपमा पनि परिचित थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिस्नो लगाएर मनाउने नयाँ वर्ष मनाउने चलन
सिस्नो लगाएर मनाउने नयाँ वर्ष मनाउने चलन
निल गाई मारेको अभियोगमा दुई पक्राउ
निल गाई मारेको अभियोगमा दुई पक्राउ
पोखराको रानीपौवामा सुविधा सम्पन्न जिम हल सहितको स्पोर्टस क्लब (भिडियो सहित)
पोखराको रानीपौवामा सुविधा सम्पन्न जिम हल सहितको स्पोर्टस क्लब (भिडियो सहित)
गाँजाको व्यवसायिक उत्पादनको कानूनी बाधा तत्काल हटाउन संसदीय समितिको निर्देशन
गाँजाको व्यवसायिक उत्पादनको कानूनी बाधा तत्काल हटाउन संसदीय समितिको निर्देशन
‘न्यायाधीशले निरुपण गर्नुपर्ने विवाद जनप्रतिनिधिले गर्न नसक्ने’
‘न्यायाधीशले निरुपण गर्नुपर्ने विवाद जनप्रतिनिधिले गर्न नसक्ने’
‘विदेशमा रहेका नागरिक मतदानबाट वञ्चित हुनु दुर्भाग्युपूर्ण’
‘विदेशमा रहेका नागरिक मतदानबाट वञ्चित हुनु दुर्भाग्युपूर्ण’
इजरायलमा एकजना नेपाली सम्पर्कविहीन, घर फर्किन २ सय भन्दा बढीले नाम टिपाए
इजरायलमा एकजना नेपाली सम्पर्कविहीन, घर फर्किन २ सय भन्दा बढीले नाम टिपाए
भ्रमण वर्ष २०२० सफल बनाउन साना कुरालाई प्राथमिकतामा राख्न सुझाव
भ्रमण वर्ष २०२० सफल बनाउन साना कुरालाई प्राथमिकतामा राख्न सुझाव
गोविन्द केसीको बयान बाहिरिएको भन्दै सर्वोच्चमा हंगामा
गोविन्द केसीको बयान बाहिरिएको भन्दै सर्वोच्चमा हंगामा
कोमलको जन्मदिन भारतमै मनाउँदै पूर्व राजपरिवार
कोमलको जन्मदिन भारतमै मनाउँदै पूर्व राजपरिवार

तपाईंले छुटाउनुभयो कि?