माइक्रोले मोटरसाइकल हान्यो, चालकको मृत्यु
सारांश
- काठमाडौं ।
- काठमाडौंको लैनचौरमा अहिले बिहान मोटरसाइकललाई माइक्रो बसले हान्दा एक युवाको मृत्यु भएको छ ।
- लैनचौरस्थित खानीविभाग सडकखण्डमा आज मंगलबार बिहान ६ बजे दुर्घटना भएको थियो ।
काठमाडौं । काठमाडौंको लैनचौरमा अहिले बिहान मोटरसाइकललाई माइक्रो बसले हान्दा एक युवाको मृत्यु भएको छ । लैनचौरस्थित खानीविभाग सडकखण्डमा आज मंगलबार बिहान ६ बजे दुर्घटना भएको थियो ।
बा२ख २०६८ नम्बरको माइक्रो बसले बा६४प ९२८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । माइक्रो र मोटरसाइकल ठोकिंदा मोटरसाइकल चालक नुवाकोटका ३० वर्षिय प्रकाश तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भिर घाइते भई उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बसेका सोह्रर्खुट्टे बस्ने सुरज थापा घाइते भएका छन् ।
उनको ट्रमा सेन्टरमा उपचार भैरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधन सहित माइक्रो चालकलाई महानगरिय प्रहरी वृत दरबारमार्गले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया