चितवन प्रहरीकाे अर्काे फड्काे, तिन महिनामा २४ चोरीका मोटरसाईकल नियन्त्रणमा !
सारांश
- चितवन, १४ कात्तिक ।
- चितवन प्रहरीले चाेरीका माेटरसार्इकल सार्वजनिक गरेकाे छ ।
- प्रहरीले पूर्वी चितवनको रत्ननगरमा बिभिन्न समयमा नियन्त्रणमा लिएका माेटरसासार्इकल सार्वजनिक गरेकाे हाे ।
चितवन, १४ कात्तिक । चितवन प्रहरीले चाेरीका माेटरसार्इकल सार्वजनिक गरेकाे छ । प्रहरीले पूर्वी चितवनको रत्ननगरमा बिभिन्न समयमा नियन्त्रणमा लिएका माेटरसासार्इकल सार्वजनिक गरेकाे हाे ।चितवन प्रहरीले बढाएको सक्रियताका कारण ३ महिनाको अवधीमा २४ वटा चोरीका मोटर साईकलहरु नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय रत्ननगर टाडीँमा आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरिक्षक (डिएसपी) दयानिधि ज्ञवालीले विशेष चेकिङ्गको क्रममा र सुराकीका आधारमा तीन महिनाको अवधिमा २४ वटा मोटरसाईकल वरामद गरेको जानकारी दिए ।
वरामद गरिएको मोटरसाईकलको सूची :
“यहाँ म सहित यस कार्यालयमा सम्पूर्ण नयाँ टिम आएको थियो उनले भने यहाँ विविध अपराधिक क्रियाकलापसगैँ चोरी घटना वृद्धि भएको गुनासोको आधारमा विशेष प्रहरी अप्रेशन चलाउदा यस्तो भेटिएको हो ।”
उनले जिल्ला प्रहरी कार्यालय चितवनको चोरीका घटना नियन्त्रण अभियानलाई सफल बनाउन समेत टाडीँ प्रहरीको टिम हासिल गरेको उपलब्धी मिलेको विश्वास व्यक्त गरे । रत्ननगर टाडीँको क्षेत्रमा पर्ने कालिका नगरपालिकाको पदमपुर, जुटपानी, शक्तिखोर र राजमार्गका विभिन्न स्थानमा चेकजाचँ गर्दा बजाज व्राण्डका पल्सर मोटरसाईकलहरु बढी चोरीका भेटिएको उनले बताए । सोही अवसरमा कार्यालयले तीन महिनाको अवधीमा हासिल गरेको उपलब्धी समेत सार्वजनिक गरिएको थियो । 

चितवन प्रहरीले गरेका ३ महिने उपलब्धिहरू
मिति २०७५।०७।१४ गते ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी चितवन :
(१) कपडा बरामद :–
मिति २०७५।०६।११ गते बिहान ०७:०० बजेको समयमा जिल्ला चितवन रत्ननगरपालिका वडा नं.१ बकुलहर चोक स्थितबाट बेवारिसे अवस्थामा बरामद भएको ।
लेडिज टप्स २४४ पिस ।
लेडिज कुर्ता १९ पिस ।
लेडिज सुरुवाल १०१ पिस ।
सुर्ती ५ बोरामा १७५ किलोग्राम । समेत बरामद गरी आवश्यक कारवाहीकोलागी मिति २०७५।०६।१२ गते श्री मुल भंसार कार्यालय बिरगंजमा पठाईएको ।
उक्त बरामद लताकपडाको भन्सार मुल्य रु.२,४७,१७० (दुई लाख सतचालीस हजार एक सय सत्तरी रुपैया मात्र) ।
२) बाल यौन दुरुपयोग :–
मिति २०७५।०५।१० गते राती २०:३० बजेको समयमा जिल्ला चितवन कालिका नगरपालिका वडा नं.४ स्थित नाम परिवर्तित ३५ टाँडी (ग) ०७५।०७६ आफनो कोठामा सुतिरहेको अवस्थामा ऐ.ऐ.बस्ने बर्ष ३९ को जित बहादुर तमाङ्गले मादक पदार्थ सेवन गरेको नशामा करणी गर्ने मन्सायले निज पिडित जाहेरवालीको छाती तथा गुप्ताङ्ग समेत छोए चलाएको ।
निज प्रतिबादी जित बहादुर तमाङ्ग उपर बाल यौन दुरुपयोग कसुर अन्तर्गतको मुद्दा चलाईएको । मिति २०७५।०६।०७ गते सम्मानित चितवन जिल्ला अदालत भरतपुरको आदेशले निज प्रतिबादीले रु.५०,०००।– धरौटी राखी तारेखमा छुटेको ।
३) बाल यौन दुरुपयोग :–
मिति २०७५।०५।१७ गते राती ११:३० बजेको समयमा जिल्ला चितवन कालिका नगरपालिका वडा नं.३ स्थित नाम परिवर्तित ३५टाँडी (घ) ०७५।०७६ आफनो कोठामा सुतिरहेको अवस्थामा ऐ.ऐ.बस्ने बर्ष २२ को बिजय वाईवा भन्ने बिजय लामाले मादक पदार्थ सेवन गरी करणीगर्ने मनसायले निज पिडित जाहेरवालीको छाती तथा गुप्ताङ्ग समेत छोए चलाएको ।
निज प्रतिबादी बिजय वाईवा भन्ने बिजय लामा उपर बाल यौन दुरुपयोग कसुर अन्तर्गतको मुद्दा चलाईएको ।
मिति २०७५।०६।११ गते सम्मानित चितवन जिल्ला अदालत भरतपुरको आदेशले निज प्रतिबादीले रु.१,०९,०००।– धरौटी राख्न नसकी कारागार चलान भएको ।
(४) बाल यौन दुरुपयोग :–
मिति २०७५।०६।०७ गते बेलुकी अं.०७:०० बजेको समयमा जिल्ला चितवन कालिका नगरपालिका वडा नं.१ स्थित नाम परिवर्तित ३५ टाँडी (च) ०७५।०७६ लाई प्रतिबादी नाम परिवर्तित बकुलहर –१ ले जाहेरवालीको छाती तथा गुप्ताङ्ग समेत छाम्ने चलाउने गरेको ।
निज प्रतिबादी नाम परिवर्तित बकुलहर –१ उपर बाल यौन दुरुपयोग कसुर अन्तर्गतको मुद्दा चलाईएको ।
मिति २०७५।०६।२१ गते सम्मानित चितवन जिल्ला अदालत भरतपुरको आदेशले निज प्रतिबादी नाम परिवर्तित बकुलहर– लाई बाल सुधार गृह सानोठिमी भक्तपुरमा पठाईएको ।
(५) बाल बिवाह :–
मिति २०७५।०५।२८ गते राती अं.११:०० बजेको समयमा जिल्ला चितवन कालिका नगरपालिका वडा नं.२ स्थित नाम परिवर्तित कालिका – ६ को छोरी नाम परिवर्तित ३५ टाँडी (ङ्) ०७५।०७६लाई प्रतिबादी मन कुमार कुमालले ललाई फकाई आफुसाथमा भगाई लगी बाल बिवाह गरेको ।
निज प्रतिबादी मन कुमार कुमाल उपर बाल बिवाह कसुर अन्तर्गतको मुद्दा चलाईएको ।
मिति २०७५।०६।२२ गते सम्मानित चितवन जिल्ला अदालत भरतपुरको आदेशले निज प्रतिबादी मन कुमार कुमाल पुर्पक्षको लागी कारागार चलान भएको ।
(६) जबरजस्ती करणी :–
मिति २०७५।०७।०३ गते बेलुकी अं.०७:०० बजेको समयमा जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं.१० स्थित जाहेरवाली नाम परिवर्तित रत्ननगर –१० की छोरी नाम परिवर्तित ३५ टाँडी (ज) ०७५।०७६ लाई प्रतिबादी नाम परिवर्तित बकुलहर –३ ले ललाई फकाई जबरजस्ती करणी गरेको ।
निज प्रतिबादी नाम परिवर्तित बकुलहर –३ उपर जबरजस्ती करणी कसुर अन्तर्गत मुद्दा चलाईएको । उक्त मुद्दा हाल अनुसन्धानको क्रममा यस कार्यालयमा रहेको ।
(६) जबरजस्ती करणी उद्योग :–
मिति २०७५।०७।०२ गते राती अं.१२:३० बजेको समयमा जिल्ला चितवन कालिका नगरपालिका वडा नं.७ स्थित जाहेरवाली नाम परिवर्तित ३५ टाँडी (छ) ०७५।०७६ लाई प्रतिबादी नाम सुमन गुरुङ्गले जाहेरवालीको घरको पछाडीको पर्खाल नाँघी निजको घरमा प्रवेश गरी करणी गर्ने मन्सायले जाहेरवालीको सुरुवाल खोलेको ।
निज प्रतिबादी सुमन गुरुङ्ग उपर जबरजस्ती करणी उद्योग कसुर अन्तर्गत मुद्दा चलाईएको । उक्त मुद्दा हाल अनुसन्धानको क्रममा यस कार्यालयमा रहेको ।
७) लागु औषध :–
मिति २०७५।०४।०३ गते राती अं.११:०० बजेको समयमा जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं.३ बेल्सी चोक स्थित डिउटीमा रहेका प्रहरी गस्ती टोलीले जिल्ला चितवन खैरहनी नगरपालिका वडा नं.१ बस्ने बर्ष २० को रोशन गान्धारीलाई रातीको समयमा शँकास्पद रुपमा घुमफिर गरिरहेको अवस्थामा फेला पारी निजको शरिर खानतलासी गर्दा निज प्रतिबादी रोशन गान्धारीको साथबाट लागुऔषध (गाँजा) ३० ग्राम बरामद भएको ।
निज प्रतिबादी रोशन गान्धारी उपर लागु अैषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा चलाईएको ।
मिति २०७५।०५।१० गते सम्मानित चितवन जिल्ला अदालत भरतपुरको आदेशले निज प्रतिबादी रोशन गान्धारी रु.२,०००।– धरौटी राखी तारेखमा छुटेको ।
(८) लागु औषध :–
मिति २०७५।०६।०४ गते दिउसो अं.१३:०० बजेको समयमा जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं.११ जिरौना टोल स्थित डिउटीमा रहेका प्रहरी गस्ती टोलीले जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१० बस्ने बर्ष ४० को यम बहादुर पोखरेल र जिल्ला चितवना रत्ननगर नगरपालिका वडा नं.१२ बस्ने बर्ष २५ को दिपक लामा समेत लागु औषध गाँजा सेवन गरिरहेको अवस्थामा फेला पारी निज प्रतिबादीहरुको शरिर खानतलासी गर्दा लागु औषध (गाँजा) ४० ग्राम, सानो कैची, चिलम समेत बरामद भएको ।
निज प्रतिबादी यम बहादुर पोखरेल र दिपक लामा उपर लागु अैषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा चलाईएको ।
मिति २०७५।०५।१० गते सम्मानित चितवन जिल्ला अदालत भरतपुरको आदेशले निजप्रतिबादीहरु जनही रु.२,०००।– को दरले धरौटी राखी तारेखमा छुटेको ।
९) लागु औषध :–
मिति २०७५।०५।१६ गते बेलुकी अं.१७:३० बजेको समयमा जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं.११ जिरौना स्थित डिउटीमा रहेका प्रहरी चेकिङ्ग टोलीले जिल्ला चितवन कालिका नगरपालिका वडा नं.१ लँकालाईन टोल बस्ने बर्ष २७ को देवेन थापा मगरले हाकि चलाई आएको ना ४० प ४११२ नं.को मो.सा.रोकी चेकजाँच गर्ने क्रममा सो मोटरसाईकलको पछाडीको सिटमा बसि आएका ऐ.ऐ.बस्ने बर्ष २२ को मनिष गुरुङ्गले फाली भागी गएको ज्याकेटको खल्तीबाट लागु औषध (फेनारगन) समेत गरी २७ एम्पुल समेत बरामद भएको ।
निज पक्राउ प्रतिबादी देबेन थापा मगर उपर लागु अैषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा चलाईएको ।
मिति २०७५।०६।२१ गते सम्मानित चितवन जिल्ला अदालत भरतपुरको आदेशले निज प्रतिबादी रोशन गान्धारी रु.७,०००।– धरौटी राखी , तारेखमा छुटेको ।
१०) लागु औषध :–
मिति २०७५।०५।२३ गते बेलुकी अं.१७३० बजेको समयमा जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं.०६ दोरङ्गी टोल बस्ने बर्ष ४० की सुक्रमिया महतोले आफनै घरमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध (गाँजा) १ किलो ७०० ग्राम फेला परी बरामद भएको ।
निज पक्राउ प्रतिबादी सुक्रमिया महतो लागु अैषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा चलाईएको ।
मिति २०७५।०६।२१ गते सम्मानित चितवन जिल्ला अदालत भरतपुरको आदेशले निज प्रतिबादी सुक्रमिया महतो रु.४०,०००।– धरौटी, राखी तारेखमा छुटेको ।
११) लागु औषध :–
मिति २०७५।०५।३० गते बेलुकी अं.१७:०० बजेको समयमा जिल्ला चितवन कालिका नगरपालिका वडा नं.१ गडुवा स्थित डिउटीमा रहेका प्रहरी चेकिङ्ग टोलीले जिल्ला चितवन कालिका नगरपालिका वडा नं.१ बस्ने बर्ष २८ को उमेश राई र ऐ.ऐ.बस्ने बर्ष १८ को बिनोद राईलाई बाटोमा हलिदै हिडिरहेको अवस्थामा फेला पारी निजहरुको शरिर चेकजाँच गर्दा उमेश राईको पाईन्टको खल्तीबाट लागु औषध (फेनारगन) समेत गरी १८ एम्पुल समेत बरामद भएको ।
निज पक्राउ प्रतिबादीहरु उमेश राई र बिनोद राई उपर लागु अैषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा चलाईएको । उक्त मुद्दा हाल अनुसन्धानको क्रममा यस कार्यालयमा रहेको ।
१२) लागु औषध ;–
मिति २०७५।०६।१३ गते बेलुकी अं.१७;३० बजेको समयमा जिल्ला चितवन कालिका नगरपालिका वडा नं.१ स्थित केराबारी रहेको सार्वजनिक सडकमा डिउटीमा रहेका प्रहरी गस्ती टोलीले ऐ.ऐ.बस्ने बर्ष २५ को मिजास लोप्चन तमाङ्गलाई शँकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा फेला पारी निजको शरिर खान्तलासी गर्दा निजले लगाएको पाईन्टको खल्तीबाट लागु औषध (फेनारगन) समेत गरी ( एम्पुल समेत बरामद भएको)
निज पक्राउ प्रतिबादी मिजास लोप्न तमाङ्ग उपर लागु अैषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा चलाईएको । उक्त मुद्दा हाल अनुसन्धानको क्रममा यस कार्यालयमा रहेको ।
१३) लागु औषध :–
मिति २०७५।०६।२६ गते दिउसो अं.१६:०० बजेको समयमा गोप्य सूचनको आधारमा जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं.२ सिनेमा रोड स्थित ऐ.ऐ.बस्ने बर्ष २९ को सहदेव कुमार कारन्जीतको डेराकोठमा मेकअप गर्ने दराज भित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध (नाईट्राभेट) समेत गरी ३३ टेबलेट र ब्राउन सुगर ०.८७० मि.ग्राम बरामद भएको । निज हाल अनुसन्धानको क्रममा यस कार्यालयमा रहेको ।
(१४) नदीजन्य पदार्थ:-
बिभिन्न मिति र समयमा यस कार्यालयबाट अबैधरुपमा नदीजन्य पदार्थ ओसार पसार गरिरहेको अबस्थामा १२ वटा ट्रेक्टर नियन्त्रणमा लिई आबश्यक कारबाहीको लागी श्री रत्ननगर नगरपालिकाको कार्यालयमा पठाइएको ।
प्रतिक्रिया