आजको राशीफल

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०८०
|
|
३४ पटक हेरिएको
Shares
आजको राशीफल

सारांश

  • मेष :  चु, चे, चो, ला, लि, लु, ले, लो, अ रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ।
  • द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्।
  • चुनौती पन्छाएर काम बनाउन सकिनेछ।

मेष :  चु, चे, चो, ला, लि, लु, ले, लो, अ

रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। आँट गर्दा ठूलै काम पनि सम्पादन हुनेछन्। साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग रमाइलाे भेटघाट हुनेछ।

वृष :  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। साँझतिर पुरानाे समस्याले अलमल्याउन सक्छ। परिस्थितिवश काम राेकिन सक्छ। वादविवादमा अघि नसर्नुहाेला। व्यवसायिक काममा केही खर्च लाग्न सक्छ।

मिथुन :  का, कि, कु, घ, ङ, छ, के, को, ह
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिएला। साँझदेखि स्थितिमा सुधार आउनेछ। बौद्धिक कलाको प्रभाव बढ्नेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्।

कर्कट :  हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। साँझतिर भने केही सावधानी अपनाउनुपर्नेछ। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। प्रक्रिया नमिल्नाले पनि काम दाेहाेर्याउनुपर्ला।

सिंह :  मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। विभिन्न भाैतिक स्रोत-साधन प्राप्त हुनेछन्। साँझतिर भने सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला।

कन्या :  टो, प, पि, पु, ष, ण, ठ, पे, पो
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सानो प्रयत्नले फाइदा उठाउन सकिनेछ। साँझतिर भने विवादास्पद काममा अलमलिनुपर्ला। पहिलेका समस्या दोहोरिनेछन् र खर्च बढ्नेछ।

तुला :  र, रि, रु, रे, रो, ता, ति, तु, ते

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। साँझतिर स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। परिस्थिति अनुकूल नभई नयाँ काम नथाल्नुहाेला।

वृश्चिक :  तो, ना, नि, नु, ने, नो, या, यि, यु

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। भाैतिक साधनहरू प्राप्त हुनेछन्। साँझतिर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सरसापट तथा कामविशेषले रकम बाहिरिन सक्छ। परिस्थितिजन्य समस्याले दु:ख पाइनेछ।

धनु  :ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। कर्मयोगले आम्दानी समेत बढाउनेछ। मेहनतले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। साँझतिर व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। किनमेलमा अधिक खर्च हुन सक्छ।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापिन आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। तर समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्नेछन्। ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्।

कुम्भ :  गु, गे, गो, सा, सि, सु, से, सो, द

स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम गर्न सकिनेछ।

मीन :  दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पाइने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। तर आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। साँझतिर स्वास्थ्यमा कमजोर रहनेछ। आफ्नै वचनबद्धता पालना गर्न नसकिएला। अरूका काममा समय बित्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना
काठमाडौँ अष्ट्रेलिया सिधा उडानको पहल हुँदै
काठमाडौँ अष्ट्रेलिया सिधा उडानको पहल हुँदै
देउवा पौडेल लडाई, वार कि पारतर्फ
देउवा पौडेल लडाई, वार कि पारतर्फ
जिल्ला पार्टीको कार्यक्रममा देउवा, सिंह र गगन थापाबीच व्यंग्य हानाहान
चीनसँग लड्न भारतले सीमा क्षेत्रमा ६ हजार गोरखा सैनिक खटायो
चीनसँग लड्न भारतले सीमा क्षेत्रमा ६ हजार गोरखा सैनिक खटायो
For what reason Do People Think That Internet dating Is Worth It? Here Is Some Of The Benefits Of Online Dating!
संविधानमा टेकेर मुख्यमन्त्री, मन्त्री बन्ने, दिवस बहिष्कार गर्ने : ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’
संविधानमा टेकेर मुख्यमन्त्री, मन्त्री बन्ने, दिवस बहिष्कार गर्ने : ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’
टेबल चढेको फोटो भाइरल बनेपछि मेयरले भने गल्तीबाटै सिक्दै जान्छु
टेबल चढेको फोटो भाइरल बनेपछि मेयरले भने गल्तीबाटै सिक्दै जान्छु
अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने
अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने
साना तथा मझौला कम्पनीको शेयर निष्काशन नियमावली मस्यौदा तयार
साना तथा मझौला कम्पनीको शेयर निष्काशन नियमावली मस्यौदा तयार

तपाईंले छुटाउनुभयो कि?